मनाङ हिमपहिरो अपडेट : दुई जनाको शव फेला, ८ जना अझै सम्पर्कविहीन


मनाङ ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका २२ जनामध्ये दुई जनाको शव फेला परेको छ।

आइतबार साँझ १८ः१५ बजेसम्मको अपडेटअनुसार कैलाश हेलिकप्टरमार्फत दुई जनाको शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याएर राखिएको छ।

यस्तै, हिमपहिरोपछि सम्पर्कविहीन भएका १२ जना फू गाउँमा सम्पर्कमा आएका छन्। उनीहरू सुरक्षित अवस्थामा रहेको प्रारम्भिक जानकारी छ।

तर ८ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेको छ।

हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा आइतबार बिहान हिमपहिरो गएको थियो। घटनापछि उद्धार तथा खोजी कार्यमा नेपाली सेना, स्थानीय सुरक्षा निकाय तथा हेलिकप्टर परिचालन गरिएको छ। पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।