लन्डन, (एजेन्सी) ।
फ्रान्सले यूईएफए नेसन्स लिगअन्तर्गत्को आफ्नो पहिलो खेलमा टर्कीलाई १–० ले पराजित गरेको छ । समूह ए मा रहेको फ्रान्सका लागि एक मात्र गोल कप्तान किलियन एमबाप्पेले गरेका थिए । उनले ५४औँ मिनेटमा गरेको गोल नै टोलीलाई जित दिलाउन पर्याप्त भएको थियो । यो जितसँगैं नयाँ मेनेजर जिनेदिन जिदानका लागि पनि विजयी सुरुआत भएको छ ।
खेलको सुरुवातमै टर्कीले फ्रान्सलाई दबाबमा राखेको थियो । चौथो मिनेटमै बारिस अल्पर यिलमाजले लामो पास पछ्याउँदै गोलको अवसर बनाए पनि फ्रान्सका गोलरक्षक माइक मैन्याँले बचाए । उनले त्यसपछि क्यान उझुनको प्रयास पनि रोके ।
दोस्रो हाफको सुरुवातमा भने टर्कीले अग्रता लिने अवसर पाएको थियो । ५०औँ मिनेटमा इस्माइल युक्सेकको हेडरलाई मैन्याँले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट जोगाएका थिए । तर, यसको चार मिनेटपछि फ्रान्सले अग्रता लियो । माइकल ओलिसेले दिएको पासमा एमबाप्पेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट चाकिरलाई कुनै मौका नदिँदै बल जाली चुमाए ।
८७औँ मिनेटमा टर्कीका गोलरक्षक चाकिर रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पेनाल्टी क्षेत्रभन्दा बाहिर निस्किएर ब्राड्ली बार्कोलाको आक्रमण रोक्ने क्रममा उनको हातमा बल लागेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
एमबाप्पेको ६७ औं गोल
टर्कीविरुद्धको गरेको गोल एमबाप्पेको फ्रान्सका लागि ६७ औं गोल हो । जारी यो वर्षमा भने यो उनको फ्रान्सका लागि १२ औं गोल हो । यससँगै उनले एकै क्यालेन्डरमा राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने आफ्नै कीर्तिमान बराबर गरेका छन् । उनले यसअघि सन् २०२२ मा १२ गोल गरेका थिए ।
इटाली हा¥यो
युईएफए नेसन्स लिगअन्तर्गत् अर्को खेलमा इटालीले आफ्नो घरेलु मैदानमै हार बेहोर्नु परेको छ । इटालीलाई बेल्जियमले २–० ले हराएको थियो । योसँगैं रोबर्टो मान्सिनीको इटालीको मुख्य प्रशिक्षकका रूपमा पुनरागमन सुखद बन्न सकेन ।
रोमस्थित स्टाडियो ओलिम्पिकोमा बेल्जियमको जितमा मिका गोड्त्स र डोडी लुकबाकियोले गोल गरे । गोड्त्सले २०औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । पहिलो हाफमा बेल्जियमले इटालीमाथि दबाब कायम राख्यो। चाल्र्स डे केटलेरे र निकोलस रास्किनका प्रहार इटालीका कप्तान जियानलुइजी डोनारुम्माले रोके । गोड्त्सको हेडरलाई पनि डोनारुम्माले बचाए ।
बेल्जियमले ६९औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । लुकबाकियोले मध्यभागबाट बल अघि बढाउँदै दुई खेलाडीलाई छलाएर करिब २५ यार्ड टाढाबाट गोल गरेका थिए । दुई गोलले पछि परेको इटालीले अन्तिम समयमा गोलका केही अवसर बनाए पनि गोल गर्न सकेन । अब, अर्को खेलमा बेल्जियमले फ्रान्ससँग र इटालीले टर्कीसँग खेल्नेछन् ।
अन्य नतिजा
युईएफए नेसन्स लिगअन्तर्गत् अन्य खेलहरूमा नर्दन आयरल्यान्ड, युक्रेन, स्विडेन, आर्मेनिया र मोन्टेनेग्रोले पनि जित निकाले । समूह ‘बी’ मा नर्दन आयरल्यान्डले जर्जियालाई १–० ले हराएको थियो । खेलको इन्जुरी समयको नवौं मिनेटमा शे चाल्र्सले गोल गर्दै आइरिस टोलीको जित सुनिश्चित गरेका थिए ।
यसैगरी युक्रेनले हंगेरीलाई १–० ले नै पराजित गरेको थियो । टोलीको जितमा २०२१ पछि टोलीमा फर्किएका डानिलो सिकानले निर्णायक गोल गरेका थिए ।
समूह ‘बी’ कै अर्को खेलमा स्विडेनले रोमानियामाथि २–१ को जित निकाल्यो । स्विडेनका लागि अलेक्जान्डर इसाकले सुरुवाती गोल गरे भने भिक्टर योकेरेसले पहिलो हाफ सकिनुअघि गोल गरेका थिए ।
यस्तै, आर्मेनियाले लात्भियालाई २–०, मोन्टेनेग्रोले साइप्रसलाई २–१ ले हराउँदा पोल्यान्ड र बोस्निया एन्ड हर्जेगोभिनाले गोलरहित बराबरी खेलेर अंक बाँडेका थिए ।











प्रतिक्रिया