आचार्यको स्वाद


देशभरको अविरल झरीले जनजीवन प्रभावित बनाए पनि अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा उनले निर्देशन गेको फिल्म आचार्यलाई दर्शकले साथ दिएका छन्।

शुक्रवार र शनिवार देशभरका हलमा उनको फिल्मले दर्शकको राम्रो साथ पायो। दर्शक प्रतिक्रियाबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि झरीका बीच दर्शक हलसम्म पुगिदिनुलाई ठूलो माया भएको बताएका छन्।

‘धेरै ठूलो अपेक्षा बोकेर आचार्य नहेर्नुस् । नेपालीपन र नेपाली परिवेशमा यति धेरै एक्सन भएको फिल्म बनाएको छु । एकपटक एक्सनको कोणबाट हेरेर मनन गरिदिनुस्, कन्टेन्ट पनि पक्कै पाउनुहुनेछ’ उनले भने।

फिल्मको प्रभाव घटाउन विदेशी फिल्म रोक्ने नभई नेपाली फिल्मको स्तर नै माथि उठाउनुपर्नेमा अभिनेता तथा निर्देशक उप्रेतीले जोड दिएका छन्। विश्वभरिका फिल्मका लागि खुला रहेको नेपाली बजारमा दर्शकलाई रोक्न नसकिने भएकाले नेपाली फिल्मले प्रविधि, प्रस्तुति र विषयवस्तुमा अन्तर्राष्ट्रिय स्तरको स्वाद दिन सक्नुपर्ने उनको भनाइ छ। यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप आप्mनो निर्देशन तथा अभिनयमा फिल्म आचार्य निर्माण गरिएको उनको भनाइ छ।

नेपाली कथा र नेपालीपनलाई जस्ताको तस्तै राखेर त्यसलाई आधुनिक प्रविधि र फरक सिनेमाटिक प्रस्तुतिमार्फत दर्शकमाझ लैजाने उद्देश्य आचार्यमा रहेको उनले बताए। ‘कथा हाम्रो हो, कथावस्तु यही“बाट सुरु हुन्छ। तर यसको प्रस्तुति फरक हो’ उनले भने।
नेपाल र भारतमा छाया“कन गरिएको फिल्ममा नेपालीस“गै भारतीय कलाकारलाई पनि समेटिएको छ। भारतीय कलाकार समावेश गर्नुको उद्देश्य भारतीय बजारमा फिल्म बेच्नु मात्र नभई कथाले माग गरेका पात्रलाई सोहीअनुसार प्रस्तुत गर्नु रहेको निखिलले बताए।