रुवायो जदौले


जातीय विभेद र सामाजिक असमानताको कथा बोकेको फिल्म जदौले रिलिजको पहिलो दिनदेखि नै फिल्मले दर्शकलाई भावुक बनाउ“दै रुवाएको छ।

अन्तरजातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद, भेदभाव र त्यसबाट सिर्जित पारिवारिक तथा सामाजिक उल्झनलाई कथा बुनिएको जदौ हेरेपछि धेरै दर्शक भावुक बनेका छन्। हा“सो, प्रेम र रोदनको मिश्रण रहेको फिल्मले मनोरञ्जनस“गै सामाजिक विषयलाई गम्भीर ढंगले उठाएको दर्शकको प्रतिक्रिया छ। वर्षाका बाबजुद हलमा पुगिरहेका दर्शकले फिल्म हेरेर रोइरहेका फुटेजहरू सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्। फिल्म नै रुवाउने विषयवस्तुमा बनेको उनीहरूको प्रतिक्रिया छ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको फिल्ममा कथा तथा लेखन काजी लिम्बूको रहेको छ। निर्देशकद्वयले नेपाली समाजमा अझै विद्यमान जातीय विभेद तथा धनी–गरिबबीचको असमानता र थिचोमिचोविरुद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरिएको बताएका छन् ।

अभिनेता मुकुन भुसालले यसमा विगतका भन्दा फरक भूमिका निर्वाह गरेका छन्। अभिनेत्री नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरको फिल्म समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्टको ब्यानरमा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेलले निर्माण गरेका हुन्। शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्ममा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेका छन्।