सुन्दरताको परिभाषामाथि ब्युटीफूल


आवरणमा देखिने सुन्दरताभन्दा मानिसको सोच, कर्म र आत्मनिर्भरतामै वास्तविक सुन्दरता हुने सन्देशसहित म्युजिकल भिडियो ब्युटीफूल सार्वजनिक गरिएको छ। करिब सात मिनेट लामो म्युजिकल भिडियोले मेकअप र गोरो छालालाई मात्र सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाएको छ।

समीर आचार्य र अञ्जुली हमालको स्वर रहेको म्युजिकल भिडियोमा शिभान्सी खड्काको फिचरिङ तथा अभिनय रहेको छ। गीतमा शब्द र संगीत समीर आचार्यकै छन्। बाहिरी आवरणलाई सुन्दरताको अन्तिम मापदण्ड मान्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै भिडियोले वास्तविक सुन्दरता व्यक्तिको सोच र उसले गर्ने कर्ममा हुने सन्देश दिन खोजेको छ। आप्mनै मेहनत र कर्मबाट स्वावलम्बी बन्न सक्नु नै वास्तविक सुन्दरताको परिचय भएको निष्कर्ष भिडियोले दिएको छ। यही सन्देशमार्फत म्युजिकल फिल्मले सुन्दरताको प्रचलित परिभाषालाई फराकिलो बनाउन खोजेको छ।

भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, प्रविन भट्टको सम्पादन र अनिल मानन्धरको छायांकन छ। म्युजिकल भिडियो सुनिल बिकले निर्देशन गरेका छन्।