काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन उनी मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित संकटको उदाहरणका रूपमा प्रस्तुत गरे।
उनले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकटमा कम योगदान गरेका नेपालजस्ता देशले ठूलो मूल्य चुकाइरहेको बताए।शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने उल्लेख गर्दै हिमनदी पग्लिने, पहिरो तथा बाढीका जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको बताए।
उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने भन्दै वितरणात्मक र प्रक्रियागत न्यायमा समेत जोड दिए।महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरी नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफलसमेत गरेका थिए।











प्रतिक्रिया