काठमाडौं ।
प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशभरका केही विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका हुन्। तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ भने भरतपुरका लागि बुद्ध एयरका तीन उडान रद्द भएका छन्।
पोखरामा मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान ढिलाइ भएका छन्। अन्य आन्तरिक गन्तव्यतर्फ भने उडान सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।











प्रतिक्रिया