काठमाडौं ।
अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खसेको छ। पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
परेभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला र कमेरेभिरमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। लगातार वर्षा र पहिरो खसिरहेकाले अन्य स्थानमा सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।











प्रतिक्रिया