काठमाडौंको मुटुमा प्रत्येक वर्ष मनाइने यँयाः अर्थात् इन्द्रजात्रा एउटा सामान्य धार्मिक वा सांस्कृतिक कार्यक्रम होइन । यो काठमाडौंको इतिहास, सभ्यता, संस्कृति, गुठी परम्परा, कला, संगीत, नृत्य, लोकजीवन र सामुदायिक एकताको जीवन्त अभिव्यक्ति हो ।
इन्द्रजात्राका क्रममा काठमाडौंका सडक, चोक, बहाः, बही, मन्दिर, पाटी–पौवा र ऐतिहासिक सम्पदाहरूमा देखिने गतिविधिले काठमाडौंको मौलिक सांस्कृतिक जीवनलाई प्रत्यक्ष अनुभूति गराउँछ । यही कारणले यँयालाई केवल वर्षमा एकपटक हुने जात्राका रूपमा होइन, पुस्तौँदेखि निरन्तर हस्तान्तरण हुँदै आएको जीवित सम्पदाका रूपमा बुझ्न आवश्यक छ ।
तर, यति ठूलो सांस्कृतिक पर्वको व्यवस्थापन आजको बदलिँदो सहरी जीवनसँगै थप चुनौतीपूर्ण बन्दै गएको छ । बढ्दो जनसंख्या, सवारीसाधनको चाप, पर्यटकको वृद्धि, व्यापारिक गतिविधि, सुरक्षा चुनौती, सरसफाइ, सम्पदा संरक्षण र आकस्मिक व्यवस्थापनजस्ता विषयलाई अब परम्परागत शैलीमा मात्र सम्बोधन गर्न सम्भव छैन ।
त्यसैले आजको आवश्यकता हो—परम्पराको आत्मा जोगाउँदै व्यवस्थापनमा समेत सुदृढीकरण ल्याउने हो ।इन्द्रजात्रा व्यवस्थापनबारे सोच्दा सबैभन्दा पहिले हाम्रो दृष्टिकोण परिवर्तन हुनुपर्छ । जात्रा व्यवस्थापन भन्नाले केवल रथ तान्ने दिनको सुरक्षा, ट्राफिक नियन्त्रण वा सरसफाइलाई मात्र बुझ्नु हुँदैन । यसको अर्थ जात्रासँग जोडिएका गुठी, गुठीयार, स्थानीय समुदाय, सम्पदा, सांस्कृतिक विधि, बाजागाजा, नाच, रथ निर्माण, पूजा परम्परा, मार्ग, सार्वजनिक स्थान र स्थानीय अर्थतन्त्र सबैको समग्र व्यवस्थापन हो । यदि हामीले जात्राको बाहिरी स्वरूपमात्र व्यवस्थित ग¥यौँ तर यसको मौलिक परम्परा र समुदायको भूमिका कमजोर बनायौँ भने त्यो व्यवस्थापन पूर्ण हुन सक्दैन ।
त्यसैले मूल प्रश्न हुनुपर्छ—
हामी इन्द्रजात्रालाई कसरी व्यवस्थित गर्नेमात्र होइन, यसलाई कसरी पुस्तौँसम्म जीवित राख्ने ? स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्छ । इन्द्रजात्राको सबैभन्दा ठूलो शक्ति स्थानीय समुदाय हो । पुस्तौँदेखि जात्रा सञ्चालन गर्दै आएका गुठीयार, बाजागाजा समूह, सांस्कृतिक समूह, स्थानीय टोल, युवा, महिला तथा स्वयंसेवकहरूको ज्ञान र अनुभव कुनै पनि आधुनिक व्यवस्थापन प्रणालीभन्दा कम महत्वपूर्ण छैन । सरकारी तथा प्रशासनिक निकायले सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न सक्छन्, तर जात्राको आत्मा स्थानीय समुदायमै हुन्छ तर सहयोगी सबै विविधताको उहाँहरूलाई पनि जात्राको भाव जोड्ने हाम्रो प्रयास निरन्तर रहेको छ । त्यसैले आगामी दिनमा ‘सरकारले व्यवस्थापन गर्ने र समुदायले जात्रा मनाउने’ भन्दा ‘सरकार, समुदाय र सरोकारवाला सबैले साझेदारीमा व्यवस्थापन गर्ने’ प्रणाली आवश्यक छ ।
गुठी परम्पराको संरक्षण
इन्द्रजात्राको मूल संरचनासँग गुठी परम्परा गहिरोसँग जोडिएको छ । गुठी केवल एउटा संस्थागत संरचना होइन, यो काठमाडौंको सामाजिक, धार्मिक र सांस्कृतिक जीवन सञ्चालन गर्ने ऐतिहासिक प्रणाली पनि हो । त्यसैले इन्द्रजात्राको व्यवस्थापन गर्दा गुठी र गुठीयारको भूमिका, जिम्मेवारी, अधिकार तथा परम्परागत ज्ञानलाई सम्मान गर्दै नयाँ पुस्तालाई त्यसमा सहभागी गराउनुपर्छ जुन हामिले सुरु गरिसकेका छौं । गुठी कमजोर भयो भने जात्राको व्यवस्थापनमात्र होइन, जात्राको आत्मासमेत कमजोर हुन सक्छ । यसकारण गुठी संरक्षणलाई यँया व्यवस्थापनको आधारभूत विषयका रूपमा लियका छौं ।
सम्पदा संरक्षण र जात्रा व्यवस्थापन सँगसँगै
इन्द्रजात्राका क्रममा हजारौँ मानिस ऐतिहासिक सम्पदा क्षेत्रभित्र जम्मा हुन्छन् । रथ, बाजागाजा, सांस्कृतिक गतिविधि तथा ठूलो जनसमूहका कारण सम्पदामा प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब पर्न सक्छ । त्यसैले जात्रा मार्गका मन्दिर, बहाः बही, चुक, ननि पाटी, सत्तल, दरबार क्षेत्र तथा अन्य सम्पदाको संरक्षणका लागि विशेष सुरक्षा योजनाअनुसार पनि । हामीले यो वर्ष संवेदनशील तरिकाले योजना बनाएका छौं ।
‘जात्रा मनाऔँ, सम्पदा पनि जोगाऔँ’ भन्ने चेतना प्रत्येक सहभागीमा पु¥याउनु पनि जरुरी छ यसमा यहाँको जस्तो सञ्चार माध्यमले जुन स्थान दिरहनुभएको छ यो नै हाम्रो लागि सूचनाको सहजता पनि हो । सम्पदाको भित्तामा लेख्ने, टाँस्ने, फोहोर गर्ने, अनधिकृत संरचना राख्ने वा भीड व्यवस्थापनका क्रममा सम्पदामा क्षति पुग्ने अवस्थालाई रोक्न स्वयंसेवक र सुरक्षा संयन्त्र परिचालन गर्ने योजना यो वर्ष थप गरिएको छ ।
सुरक्षा व्यवस्थापन अझ वैज्ञानिक बनाउन खोज्दैछौं । इन्द्रजात्रामा ठूलो संख्यामा मानिस सहभागी हुने भएकाले सुरक्षा व्यवस्थापन अत्यन्त संवेदनशील विषय हो । भीड अत्यधिक बढ्ने सम्भावित स्थान, रथको मार्ग, साँघुरा सडक, आकस्मिक उद्धार मार्ग, आगलागीको सम्भावना, स्वास्थ्य समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा जस्ता विषयको पूर्वतयारी अनुसार सबै सम्बन्धित निकाय अलर्ट गरेका छौं । यो वर्ष मौसमको चुनौतीअनुसार पनि जात्रा सम्पन्न सुव्यवस्थित गर्न सोचेका छौं ।
यसका लागि जात्रा सुरु हुनुभन्दा धेरै अगाडि नै—
सुरक्षा, स्वास्थ्य, उद्धार, ट्राफिक, दमकल, स्वयंसेवक र सूचना प्रणालीलाई एउटै समन्वय संयन्त्रमा जोडेका छौं । विशेषगरी आकस्मिक अवस्थाका लागि भ्mभचनभलअथ च्भकउयलकभ एबिल तयार पारेका छौं । ट्राफिक र सार्वजनिक स्थानको व्यवस्थापन अनुसार मिलाएका छौं । इन्द्रजात्राको समयमा काठमाडौंका सडकमा सवारीसाधन र पैदलयात्रीको चाप अत्यधिक हुन्छ । पार्किङ्ग को लागि न्युरोडमा जात्रा अवधिभर सुविधा दिन केही निजीसँग पनि अनुरोध गर्दै खुल्ला ठाउँ देगलहरू बस्नलाई सरसफाइ समेतमा महानगर पालिका, ट्राफिक प्रहरी वृत्त जनसेवा र प्रहरी वृत्त जनसेवासँग सहकार्य भएको छ । त्यसै गरी जात्रा मार्गमा अस्थायी पार्किङ, फुटपाथ अतिक्रमण, पसलका अनियन्त्रित संरचना तथा अव्यवस्थित व्यापारलाई नियन्त्रण गर्न महानगर प्रहरी बलले पूर्व र पूर्ण तयारी गरेको छ ।
जात्रा क्षेत्रलाई ‘मानिस पहिलो’ अवधारणामा व्यवस्थापन गर्दै पैदलयात्री, श्रद्धालु, स्थानीय बासिन्दा र सांस्कृतिक गतिविधिका लागि सुरक्षित स्थान सुनिश्चित गर्ने प्रयासमा छौं । आकस्मिक उद्धार दमकल, एम्बुलेन्स, प्राधिकरणका सवारी र जनसेवा प्रहरीको प्रविधियुक्त भ्यानपनी निश्चित स्थान जात्रा अवधिभर तयारी अवस्थामा राखियको छ जात्राको रुट अनुसार मिलाएका छौं ।
सरसफाइ ः
जात्रा अवधिभरको जिम्मेवारी वातावरण व्यवस्थापन विभाग सक्रिय छ जुन जात्रा पूर्व जात्राको समय र जात्रा सकिएपछि पूर्ण सरसफाइको लागि योजना सारिएको छ । शौचालयका लागि व्यवसाय, स्थानीय, क्लव संघ–संस्था सबैलाई आह्वान गरिएको छ । स्वच्छ यँया, सभ्य यँया र सम्पदामैत्री यँया हाम्रो लक्ष्य हुनुपर्छ ।
प्रविधिसँग जोड्न गल्ली एप्स हामीसँग विगत केही वर्षदेखि जोडिएको छ जसले श्री कुमारी, श्री गणेश तथा श्री भैरब रथ यात्रा हुँदा सजिलै रथ कहाँ पुगेको छ भन्ने जानकारी गराउँछ भने श्री लाखे आजु, श्री पुलुकिसी, श्री हलचोक आकाश भैरवलगायत उहाँहरूको पनि कुन स्थानमा हुनुहुन्छ त्यो जानकारी पाउन सक्ने प्रविधि सुरु भएको छ ।
जात्राको इतिहास, मार्ग, कार्यक्रम, सांस्कृतिक महत्व र सम्बन्धित सम्पदाबारे जानकारी दिने डिजिटल प्लेटफर्म बनाउन सोच्दैछांै अर्को वर्षसम्ममा अझ राम्रो गर्ने उद्देश्य रहेको छ । तर, प्रविधिको प्रयोग गर्दा एउटा कुरा स्पष्ट छौं ।
प्रविधि परम्पराको विकल्प होइन; परम्पराको संरक्षण र पुस्तान्तरणको माध्यम हो । पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्छ । इन्द्रजात्रा विदेशी तथा स्वदेशी पर्यटकका लागि काठमाडौंको जीवित संस्कृति बुझ्ने महत्वपूर्ण अवसर हो ।
तर, पर्यटन विकासको नाममा जात्रालाई केवल प्रदर्शनमा सीमित गर्नु हुँदैन । स्थानीय समुदाय, स्थानीय व्यवसाय, हस्तकला, परम्परागत खाना, सांस्कृतिक उत्पादन र स्थानीय रोजगारीलाई यससँग जोड्नुपर्छ । अझ बृहत् तरिकाको सबै निकायसँग जोडिने प्रयास पनि अथक रहेको छ । जात्रा क्षेत्रमा व्यापार गर्ने व्यवसायलाई पनि निश्चित मापदण्ड, स्थान र समयको व्यवस्था गरेर व्यवस्थित गर्न सकिन्छ । यसबाट संस्कृति संरक्षणसँगै स्थानीय अर्थतन्त्र बलियो बनाउने अवसर सिर्जना हुन्छ ।
नयाँ पुस्तालाई जोड्नुपर्छ । कुनै पनि संस्कृति केवल पुरानो पुस्ताले बोकेरमात्र दीर्घकालसम्म टिक्न सक्दैन । नयाँ पुस्तालाई इन्द्रजात्राको इतिहास, गुठी परम्परा, सांस्कृतिक विधि, बाजागाजा, नाच, रथ निर्माण तथा सम्पदाको महत्वबारे सिकाउनुपर्छ बाजाको कुरामा हामी निर्धक्क छौं र व्यवस्थापनमा पनि युवा सहभागिता ९५% रहेको छ ।
विद्यालय, कलेज, स्थानीय क्लब तथा युवा समूहसँग सहकार्य गरी ‘युवा र यँया’ जस्ता कार्यक्रम सञ्चालन गर्ने पनि सोेच रहेको छ ।
जात्रा हेर्ने पुस्तामात्र होइन, जात्रा बुझ्ने, संरक्षण गर्ने र भविष्यमा नेतृत्व गर्ने पुस्ता तयार गर्नु आजको आवश्यकता हो । यो वर्ष ट्राफिक तथा संघ–संस्था समन्वय उपसमितिमा दिपक महर्जन प्राविधिक सहकार्यमा आ.अमित बज्राचार्य, शान्ति सुरक्षा तथा स्वयमसेवक व्यवस्थापनमा पूर्व प्रहरी नायब उपरीक्षक अनिल अधिकारी, श्री कुमारी रथ यात्रा व्यवस्थापनमा बालकृष्ण महर्जन, श्री भैरब रथमा दिपेश रन्जित, श्री गणेश रथमा सुनिल महर्जन, मिसा पुचः परिचालन (नानिचाया)रथ महिलाले तान्नेमा नानिहिरा प्रजापती, बाजाखल व्यवस्थापनमा पञ्च महर्जन, स्थानीय स्काउट परिचालन प्रमुख आयुक्त रन्जनलाल श्रेष्ठ, जिल्ला काठमाडांैका रेडक्रस टोली परिचालन उपसभापति अन्जना मास्के श्रेष्ठ, विपद व्यवस्थापन सहकार्य केशव मिश्र, प्रचार प्रसारमा बिगेन तुलाधर रहेको छ ।
फोटो पत्रकार समर्थ रन्जित, राम रन्जित, भिडियोग्राफर, सिद्धार्थ महर्जन रहेको छ । यो वर्ष पनि रथ यात्राको क्रममा बत्ती बल्ने गरी व्यवस्था नेवाःनुगःबहुउद्देश्य सहकारी संस्थाबाट मिलाइएको छ । नेपाल रेडक्रस सोसाइटी, वडाका महिला स्वास्थ्य स्वयसेविका टोलि, प्रहरीको स्वास्थ्यको टोली, शार्दुल जङ्ग गुल्मको स्वास्थ्य टोली खटिने भएको छ रथजात्रा अवधिभर ।
काठमाडांै महानगर स्थानीय स्काउटले रथ अगाडि भिडलाई व्यवस्थापन गर्ने काम गर्छ । सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ जसमा नेपाल प्रहरीसहित अन्य सम्पूर्ण निकायको संयुक्त सुरक्षा कमान्ड पोस्ट वसन्तपुरमा जात्रा अवधिभर २४ घण्टा नै सुरक्षा तैनाथ रहनेछ । जसमा सम्पूर्ण निकायको प्रतिनिधि रहनेछ । सादा पोशाक उल्लेखनीय रूपमा खटाइनेछ ।
उपत्यका ट्राफिक प्रहरीले जात्रा अवधिभर सबैभन्दा चुनौती हुँदै गएको ट्राफिक व्यवस्थापन सहज गर्न डाइभर्सन सूचना प्रवाह र चोक चोकमा यो पालि जात्राको समय भीड हुने स्थानमा ट्राफिक प्रहरी ड्युटी परिचालन थप गर्ने भएको छ । सीसी क्यामेरा पूर्ण निगरानीको लागि सक्दो संवेदनशील स्थानमा यो वर्ष अस्थायी रूपमा भए पनि थपिएको छ ।
ड्रोन निगरानी र सुरक्षाको लागि विशेष सुरक्षार्थ नेपाल प्रहरीबाट उडाइने भएको छ । महानगर प्रहरी बलद्वारा खुल्ला फुटपाथ, सरसफाइ,
विपद्मा एम्बुलेन्स, दमकलदेखि ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन गरिने भएको छ । यो वर्षबाट इन्द्रध्वजलाई लिङ्गो शब्द हटाएर यःसि भन्न पञ्चाङ्ग समितिदेखि सबैलाई पत्राचार गरी सुधार गर्ने प्रतिबद्धता आएको छ । महानगरले म्वाली बाजा काठमाडांैमा पुनः उत्थान गरिएको छ । महानगरद्वारा सुरक्षाकर्मी र रथयात्राको जिम्मेवारी पाएको स्वयम सेवकलाई खाजाको व्यवस्था सुरु गरेको छ ।











प्रतिक्रिया