भाेटेकोशी बाढीपछि पुनःस्थापना र पुनर्निर्माणमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी कार्यकारी उपाध्यक्ष रिबेरा बीच भेटवार्ता


काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न पक्षमा छलफल भएको हो।

भेटमा परराष्ट्रमन्त्री खनालले भाेटेकाेशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिनुभएको सन्देशप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए।

विशेषगरी, हालै नेपालमा आएको जलवायु परिवर्तनकाे कारणबाट सिर्जित भाेटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।