नागोया जापान ।
जापानको आइची नागोयामा शुक्रबारबाट २०औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । सन् १९५८ मा भएको तेस्रो र सन् १९९४ मा हिरोसीमामा भएको १२ औँ एसियाडपछि तेस्रोपटक एशियाली खेलकुद जापानी भूमिमा संचालन भएको हो ।
नागोया सिटी मिजुहोपार्क एथलेटिक रंगशालामा जापानी सम्राट नारुहितोले एशियाली खेलकुदको औपचारिक उद्घाटन गरेका हुन् । आतिसबाजी र झिलीमीलीका साथ उद्घाटन समारोहमा जापानी संस्कृति झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । ३० हजार क्षमताको रंगशालामा देखाइएको कलात्मक नृत्य र विभिन्न कलाका कारण तालिले गुन्जायमान बनेको थियो ।
उद्घाटन समारोहमा ओलम्पिकमा स्वर्ण पदक ल्याएका जापानी खेलाडीले ओलम्पीकका उन्सील अफ एसियाको झण्डा बोकेका थिए ।
उद्घाटन समारोहमा बोल्दै ओलम्पिकका उन्सील अफ एशियाका अध्यक्ष शेख जोन विनहामद अलथानीले एशियाली खेलकुद प्रतिस्पर्धाको थलो मात्रन भएर आपसी सम्बन्ध विस्तार र मित्रता कायम गर्न कोशेढुङ्गा हुने बताए ।
समारोहका क्रममा ओलम्पिकमा स्वर्ण पदक जितेका जापानी खेलाडीहरु फुजीनामी अकारी, ताकाहासी कायका ,मुरोफोजी कोजी र किताजामे काउसुकेले ओलम्पिक टर्च लिएका थिए । त्यसपछि सो टर्चबाट मुख्य स्थानमा एशियाली खेलकुदका लागि दीप बालिएको थियो ।
यसअघि समारोहमा सहभागी एशियाका ४५ देशका खेलाडी र एउटा शरणार्थीको टिमले मार्चपास गरेका थिए । सबै देशले आफ्नो देशको पहिचान झल्कने पोसाकसहित मार्चपास गरेका थिए ।
नेपालको तर्फबाट बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेका थिए । थापामगरले गतवर्ष दुबईमा भएको विश्वबक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङझाउ एसियाडमा कास्य पदक जितेको थियो ।
मार्चपासमा नेपालका तर्फबाट सेफ द मिसन राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, डेपुटी सेभ द मिसन टासी घले पनि रहेका थिए । नेपालको तर्फबाट २१ खेलमा १ सय ३५ खेलाडीले भाग लिँदैछन् । एशियाली खेलकुदमा छनोट भएर पनि इ–स्पोट्र्स भने जापान जाने सूचीमा समावेश हुन सकेन भने प्राविधीक कारण देखाउँदै डान्स एण्ड स्र्पोट्स खेल पनि अन्तिम समयमा आएर सहभागिताविहीन बन्यो ।
सहभागी हुने खेल
२०औं एसियाली खेलकुदमा अहिलेसम्म पदक जितेका खेलहरु तेक्वान्दो , कराँते, बक्सिङ र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, क्यानोइ स्लालोम, क्रिकेट, साइक्लिङ, गल्फ , जुडो , स्केटबोर्ड , सफ्ट टेनिस , पौडी, उसु, कुस्ती, भारोत्तोलन, टेबलटेनिस, भलिबल, स्क्वास, टेनिस गरी २१ खेलमा सहभागीता जनाउँदैछ ।
सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एशियाली खेलकुदमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जित्दा पहिलो पल्ट टिम गेममा नेपालले पदक ल्याएको थियो । नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो ।
अहिलेसम्म ३ रजत र २३ काँस्य
१९८६ को १० औँ एशियाडबाट निरन्तर पदकजितीरहेको नेपालले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन । नेपालले अहिलेसम्म ३ रजत र २३ कांस्य पदक जितीसकेको छ ।
आइची नागोयामा हुने २० औँ संस्करणमा नेपालले स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य लिएको छ । नेपालले हालसम्म तेक्वान्दोबाट १ रजतर १३ काँस्य पदक जित्दा कराँतेले पनि १ रजतसहित थप ३ काँस्य पदक जितीसकेको छ । एशियाडमा नेपाललाई पहिलोपल्ट पदक िदलाउन सफल बक्सिङबाट अहिले सम्म ६ वटा काँस्य पदक हात परेको छ । प्याराग्लाइडिङबाट १ रजत जित्दा कबड्डीले पनि काँस्य पदक नेपाललाई दिलाइसक्यो । नेपालका लागि कराँतेबाट एरिका गुरुङले १९ औँ एशियाडमा , तेक्वान्दोबाट सविता राजभण्डारीले १३ औँ बैंकक एशियाडमा र १८ औँ संस्करणको जाकर्ता एशियाडबाट प्याराग्लाईडिङबाट रजत पदक ल्याएको थियो ।











प्रतिक्रिया