नृत्यमा प्रियंशु र गायनमा समीक्षा सुपर ट्यालेन्ट


रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सुपर ट्यालेन्ट नेपाल २०२६ (नृत्य तथा गायन प्रतियोगिता) सम्पन्न भएको छ।
प्रतियोगिताको नृत्य विधातर्फ प्रियंशु न्यौपाने विजेता घोषित भए। सुपिक्षा थापा मगर फस्ट र अपेक्षा खाती सेकेन्ड रनर्सअप भए। त्यस्तै आयुषी थापा पब्लिक च्वाइस विनर र सचिना तामाङ भ्यूअर्स च्वाइस विनर भए।

गायन विधातर्फ समीक्षा तामाङ विजेता भइन्। अनुष्का अधिकारी फस्ट र सुम्निशा लिम्बू सेकेन्ड रनर्सअप भए। समीक्षा तामाङ पब्लिक च्वाइस विनर र सेमसाङ गुरुङ भ्यूअर्स च्वाइस विनर भए। दुवै विधाका विजेतालाई जनही २५ हजार नगद पुरस्कारसहित गिप्mट भाउचर प्रदान गरिएको थियो।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा नृत्य र गायन गरी दुवै विधामा कुल १७ जना प्रतिभाशाली प्रतियोगीले सहभागिता जनाएका थिए।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाको प्रमुख आतिथ्यता तथा रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाको अध्यक्षतामा सम्पन्न कार्यक्रम अश्विनी झाले सञ्चालन गरेका थिए। नृत्यतर्फ सन्दीप भुजेलले डान्स शिक्षक तथा गायनतर्फ ओम सुनारले संगीत शिक्षकका रूपमा प्रतियोगीलाई प्रशिक्षण दिएका थिए। गायन विधाको निर्णायक मण्डलमा गायिका कुन्ती मोक्तान, संगीतकार राजु सिंह र गायिका सुमित्रा कोइराला रहेका थिए। त्यसैगरी नृत्यतर्फ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य कोरियोग्राफर कृष्ण रसाल र अभिनेता शीतल केसी निर्णायक रहेका थिए।

गंगा महर्जन टिम म्यानेजर र बिन्दिया श्रेष्ठ मोडल कोअर्डिनेटर रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। कार्यक्रममा लिम्बू कलाकार सरु माङ्मु लिम्बू, अभिनेता, देबेन्द्र नेम्बाङ, फिल्म निर्माता, तारा शिरेङ चोङ्बाङ, कवि तथा गीतकार, अञ्जना राई, सनी लिम्बू, गीतकार तथा फिल्म निर्माता जस्मिन श्रेष्ठ, फिल्म निर्माता, पूजा गुरुङ, छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन एसोसिएट प्रोफेसर डा. सुचना मरहट्टा, ब्युटिसियन अमित्रा ढेके, रोशना राजथला र चन्दा पुनलगायतलाई सम्मान गरिएको थियो।