एसियाडको भलिबलमा नेपाल पराजित


काठमाडौं, (नेस) ।

नेपाली महिला भलिबल टोलीले जापानको आइची –नागोया एसियाली खेलकुदमा हारबाट सुरुआत गरेको छ । बुधबार भएको प्रारम्भिक चरणको पहिलो खेलमा जापानले नेपाललाई सीधा सेटमा हराएको हो ।

कोमाकी आइचीस्थित ‘कोमाकी सिटी स्पोट्र्स पार्क जेनरल जिम्न्यासियममा भएको खेलमा नेपाल सहजै ८–२५, १२–२५ र ११–२५ अंकले हारेको हो ।

२० औं एसियाडको औपचारिक उद्घाटन हुन तीन दिन बाँकी रहेपनि भलिबलका प्रारम्भिक चरणका खेलहरु सुरु भएको हो ।
नेपालले अब समूह ‘ए’को दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । इन्डोनेसियासँग पनि पराजित भए नेपालको पदक जित्ने चुनौती सकिनेछ । यदि उक्त खेल जितेमा नेपालको क्वार्टरफाईनल सम्भावना बाँकी हुनेछ । एफआईभीबी वरियतामा नेपाल ६९औं र इन्डोनेसिया ५३औं स्थानमा छन् ।