क्यान्सर विजेता गायिका मिरा राणा

७४ वर्षमा अन्तिम कार्यक्रम गर्दै



ख्यातिप्राप्त क्यान्सर विजेता गायिका मिरा राणा आफ्नो जीवनको अन्तिम एकल कार्यक्रमस्वरूप आगामी आइतवार एकल सांगीतिक साझमा प्रस्तुत हुने भएकी छन्।

गायिका तथा संगीतकार राणा राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानामा हुने मिरा राणा एकल सांगीतिक सा“झमा उत्रन लागेकी हुन्। क्यान्सरस“ग लडेर त्यसलाई जिते पनि क्यान्सरबाटै आप्mना पति उदयजंग राणालाई गुमाउन पुगेकी गायिका राणा ७४ वर्षको उमेर अन्तिमपटक एकल साझमा प्रस्तुत हुन लागेकी हुन्। नेपालका विभिन्न अस्पतालमा परीक्षण गरि“दा पत्ता लाग्न नसकेको क्यान्सर, त्यसबखत भोग्नु परेका विभिन्न खाले हैरानी, लण्डनको अस्पातलमा पत्ता लागेको क्यान्सर तथा क्यान्सरमाथिको विजय अनि गत सालमात्र क्यान्सरबाट पतिलाई बचाउन नसकेको पीडापछि गायिका राणाले क्यान्सरका विरामीलाई सघाउन मिरा राणा क्यान्सर समाज स्थापना गरेकी छिन्। सोही समाजको कोष वृद्धि गरी त्यसबाट क्यान्सर भएकाहरूलाई सहयोग गर्न आप्mनो जीवनकै अन्तिम कार्यक्रमस्वरूप मिरा राणा एकल सागितिक सा“झ गर्न लागिएको उनले बताएकी छन्।

मिराको एकल सा“झमा उनले गाएका र संगीत भरेका २ दर्जन गीत उनका साथमा विभिन्न गायक गायिकाले आ–आप्mना अन्दाजमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा शम्भुजीत बा“सकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य तथा निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा, युनिशा देशारजस्ता गायक गायिकाले मिराका गीतहरू प्रस्तुत गर्नेछन्। संगीतमा ६ दशक बिताइसकेकी मिरा स्वयंले पनि आप्mना गीतहरू प्रस्तुत गर्नेछिन्। कार्यक्रममा मनोहर सुनाम म्युजिक कन्डक्टर रहेका छन्।

कार्यक्रममा मिराले स्वर सम्राट नारायण गोपलस“ग गाएको तिमी देऊ या नदेऊ, मेरो जोवन लैजाऊ, आ“खैमा कसैको तस्वीर बसेछ, बैनीको दया छ भनेजस्ता गीत प्रस्तुत गरिनेछ। त्यसै गरी शम्भुजीत बासकोटासग गाएको नाच्देऊ मैच्याङ र सिन्धुपाल्चोक जिल्लामा, कुमार बस्नेतसगको मादल घनघन घन्काउ कि, लेक फुल्यो लालीगुरासजस्ता गीत घन्किेनछ। त्यस्तै मिरा राणाको एकल गीत मखमली चोलो चाहिदैन, मात चढेको साझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, विर्सिएर मैले फेरि, आजसम्म जसरी बा“चेर आए“, मेरो फुललाई वसन्त भयोजस्ता गीत पनि प्रस्तुत गरिनेछ।

गायकगायिकाहरूले क्यान्सर पीडितलाई सघाउने जस्तो पवित्र उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रस्तुत हुन पाएकोमा खुशी व्यक्त गरेका छन्।