झिंगे दाउ २ मा दशैंको माहोल


तीजको माहोलमा जेठानी–देउरानी गीतमार्फत चर्चा पाएको फिल्म झिंगे दाउ २ ले अब दर्शकलाई दशैंको झल्को दिने भएको छ। भोलि शुक्रवार अल नेपाल रिलिजमा आउने फिल्ममा समावेश ए माया नजिकै सरको भिडियोमा देखाइएको दशैंको वातावरणले दर्शकको ध्यान तानेको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू रातो टीका र जमरामा देखिएका छन्। रोटे पिङमा कोरस कलाकार रमाइरहेका दृश्यले गाउ“घरको दशैंको माहोल झल्काएको छ। अर्जुन पोखरेलको शब्द रचना र संगीत रहेको गीत रामचन्द्र काप्mले र शान्तिश्री परियारले गाएका छन्।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा महेश त्रिपाठी, कुशल विष्ट, केकी अधिकारी र आ“चल शर्माले नृत्य गरेका छन्। गीतको भिडियोमै केकी र आ“चलबीचको झगडा देखाइएको छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्। झि“गे दाउको व्यापारिक सफलतापछि झि“गे दाउ २ निर्माण गरिएको हो।