छोराको महत्वाकांक्षा बा : एक योद्धा


सन्तानको भविष्यका लागि जीवनभर त्याग गर्ने बुबाको योगदान आप्mनै छोराहरूले नबुझ्दा परिवारमा उत्पन्न हुने समस्या फिल्म बा ः एक योद्धाको ट्रेलरमा देखाइएको छ।

आगामी असोज ९ गते रिलिजमा आउने फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले बुबाको त्याग, छोराहरूको महत्वाकांक्षा र पारिवारिक विग्रहको कथा अघि सारेको हो। सन्तानको सपना पूरा गर्न घरसमेत धितो राख्न तयार हुने बुबाको योगदानलाई छोराहरूले बेवास्ता गरेको प्रसंग ट्रेलरमा प्रस्तुत गरिएको छ। बुबाले थोरै सम्पत्ति दिदीबहिनीलाई दिने कुरा गर्दा समेत छोराहरू त्यसलाई स्वीकार गर्न तयार नहुने दृश्यले परिवारभित्र सम्पत्ति र स्वार्थको द्वन्द्वलाई देखाएको छ।

आप्mनै बुबाआमाको समस्या नबुझ्ने छोराहरूका कारण अभिभावकले भोग्नुपर्ने पीडा र अपमानलाई ट्रेलरले प्राथमिकतामा राखेको छ। त्यसको विपरीत छोरीले अभिभावकको समस्या बुझ्ने देखाइएको छ। छोराहरू महत्वाकांक्षी र अव्यावहारिक बन्दै जा“दा मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फस्छ भन्ने पक्षलाई समेत ट्रेलरमा उठाइएको छ।

परिवारका सदस्यभन्दा छिमेकीले बुबाको पीडा बुझिरहेको देखाइए पनि छोरीको कथालाई भने ट्रेलरमा सस्पेन्सका रूपमा राखिएको छ। सकारात्मक सोच राख्ने सहयोगी बुबा र छोरी नै ठूलो समस्यामा फसेको संकेत गर्दै ट्रेलरले कथाको अर्को पाटोलाई खुल्न बा“की राखेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले निर्माण गरेको फिल्मको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका छन्।