रानीहार र ३ बहिनीलाई ≈याट्रिक


तीज गीतको क्षेत्रमा सक्रिय महिला स्रष्टाको योगदानलाई सम्मान गर्दै म्युजिक खबर तीज म्युजिक अवार्डको पाँचौँ संस्करण राजधानीमा सम्पन्न भएको छ।

प्रतिष्ठित गायिका मिरा राणाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा तीज गीत संगीतका विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको छ। रानीहार बोलको एउटै गीतबाट किशोर थापाले मिक्सिङ, शंकर थापा ‘स्माइल’ ले संगीतकार र संगीता भण्डारीले जुरीतर्फ तीज गीत गायिका तथा तीन बहिनी बोलको अर्को गीतबाट रामकृष्ण बम मल्लले तीज दोहोरी संगीत, विष्णु शर्माले म्युजिक भिडियो सम्पादन तथा आरती परियार, तनुजा शाही र पार्वती आचार्यले इन्करेजमेन्ट अवार्ड प्राप्त गरे। खुमन अधिकारी र प्रिती आलेले खाडी जानेलाई गीतबाट उत्कृष्ट तीज दोहोरी गायक गायिकाको अवार्ड पाए। पुजन काप्mलेले तीजको लहर आउदा बरिलैबाट मौलिक तीज गीत गायिकाको अवार्ड प्राप्त गरिन्।

त्यसै गरी छेक्यो बरै बादलुलेबाट अन्जिता विश्वकर्मा तीज गीत नवप्रतिभा, नाच छमछमबाट रीता बुर्लाकोटी र समीक्षा अधिकारी संयुक्त गायन, यो तीजमाबाट कृष्ण लामिछाने तीज दोहोरी शब्द, नाचौ“ न छमछमी र नाच छमछमबाट सरिता घिमिरे, विपिन किरणले मौलिक तीज गीत शब्द, तीज आयोबाट चा“दनी शाक्य तीज गीत गायिका, कम्मरु भाचौ“लाबाट भुवन के. पोखरेल र कर्णाली सललबाट नारायणी खत्री मोडल, माइतीघरको आगनबाट झरना रिसाल र दिप्सा कार्की संयुक्त मोडल, कर्मै खोटी छबाट निशान बानिया“ निर्देशक, साउने झरीबाट देवराज आचार्य छायाकार, म्वाईं खादैबाट जेरी भण्डारी कोरियोग्राफर, नाचौ न संगीनीबाट डा. अनितारा रञ्जितकार डायस्पोरा गीतकार, छक्कै परियोबाट शारदादेवी अधिकारी जुरी अवार्ड, चट्टै परेरबाट उषा मलाह उत्कृष्ट तीज गीत, छेक्यो बरै बादलुलेबाट हमाल म्युजिक सर्वोत्कृष्ट म्युजिक कम्पनी, नौरती फूलीबाट दिपक शर्मा पपुलर संगीतकार अफ द इयर, जुरीतर्फ कर्मै खोटी छबाट सुनिल केसी मौलिक तीज गीत शब्द, चरि भए तबाट राधा हमाल बानिया तीज गीत दोहोरी गायिका, नाचौ“ न छमछमीबाट विपिन आचार्य म्युजिक एरेन्जर तथा बुलेट बाइकबाट आशा बुढा पब्लिक च्वाइस अवार्ड र पूर्णिमा आचार्य नवमोडल विजेता भए।

कार्यक्रममा गायिकाद्वय यशोदा पराजुली र टिका पुनलाई आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान, कमला रिसाललाई साहित्य, न्यान्सी खड्कालाई फिल्मकर्मी र सोजना लोहारलाई कला पत्रकारिता सम्मान तथा फेसन डिजाइनर काजल शर्मा, शीतल शर्मा, अनिता कु“वर, सृष्टि घिमिरे, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पा, जयन्ता अधिकारी, अन्जु परियार र कानुनविद् कमला वलीलाई आ–आप्mनो क्षेत्रमा योगदान पु¥याएबापत विभिन्न सम्मान प्रदान गरिएको छ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको समारोह अवार्ड आयोजक समितिकी अध्यक्ष सविता पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो।