काठमाडौं, (नेस) ।
लाइसियम मोडेल र सम्भावी आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगितामा लाइसियमले नेपाल मेगालाई १७–८ ले पराजित ग¥यो । लाइसियमका रोहन श्रेष्ठले ९ अंक जोडे । सम्भावीले विच किड्सलाई १९–५ ले हरायो । सम्भावीका नरेश विकले ८ स्कोर गरे ।
गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै गोल्डेनपिकले एडभान्सलाई १७–१५ तथा ज्ञान निकेतनले प्रस्फुटनलाई ३२–१५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । गोल्डेनपिकका टासी शेर्पाले ६ तथा ज्ञान निकेतनका सुमन तामाङले ८ अंक जोडे ।
सिनियर ब्वाइजमा गोल्डेनपिक, एलिक्सर एकेडेमी, ज्ञान निकेतन, बेबीलन, लाइसियम, एडभान्स, पिस प्वाइन्ट र विच किड्सले क्वाटरफाइनल यात्रा तय गरे ।











प्रतिक्रिया