आमाको ममतासम्म झिंगे दाउ

पारिवारिक द्वन्द्वदेखि



दाजुभाइको सम्बन्ध, देउरानी–जेठानीको द्वन्द्व र आमाको ममताबीच सन्तानको प्रेम तथा आमा खोज्ने कथालाई प्रस्तुत गरिएको फिल्म झिंगे दाउ २ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी शुक्रवार रिलिजमा आउने फिल्मको ट्रेलरले पारिवारिक सम्बन्धभित्रका विविध भावनात्मक पक्ष प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडास“गै आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। पारिवारिक सम्बन्धमा आउने उतारचढाव र त्यसले निम्त्याउने परिस्थितिलाई ट्रेलरमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको फिल्ममा महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, केकी अधिकारी, आ“चल शर्मा, हिउ“वाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारले अभिनय गरेका छन्।

झि“गे दाउको व्यापारिक सफलतापछि तयार पारिएको झि“गे दाउ २ मा परिच्छेद सेनको पटकथा र संवाद, गोविन्दु फुया“ल र शिशिर चालिसेको लेखन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, विष्णु घिमिरे ‘कल्पित’ को डीओपी र मित्र डी गुरुङको सम्पादन रेको छ। यसअघि नै फिल्मको जेठानी भर्सेस देउरानी बोलको तीज ब्याटल गीतले लोकप्रियता कमाएको छ। युट्युब र टिकटकमा भाइरल भएको उक्त गीतले छोटो समयमै ३७ लाखभन्दा बढी भ्यूज पाइसकेको निर्माण पक्षले जनाएको छ।