चाडपर्वको उल्लासलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै फेसियल हाउसले भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाएको छ। फेसियल हाउसले आयोजना गरेको सेलिब्रेसन कल्चर्स कार्यक्रम २०८३ यस वर्ष बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानसँग जोडिएको हो।
चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ भन्ने नारासहितवर काठमाडौंमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ब्राइडल मेकअप कम्पिटिसन आयोजना गरिएको थियो। कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी गराइन्। चाडपर्वका अवसरमा संस्कृति संरक्षणसँगै विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस वर्षको कार्यक्रमलाई फरक ढंगले आयोजना गरिएको उनले बताइन्।
कार्यक्रमको प्रमुख आकर्षण ब्राइडल मेकअप प्रतियोगिता बनेको थियो। प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए। सुनिता राई विजेता हु“दा अस्लिना गुरुङ फस्र्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भए।
त्यस्तै जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन र सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भए। विभिन्न विधाका विजेतालाई क्राउनसमेत लगाइएको थियो।
प्रतियोगिताको निर्णायकमा ट्रान्सजेन्डर महिला निर्मला पौडेल, सञ्चारकर्मी गंगालाल लामा, गृहिणी महिलासँग नेपालकी संस्थापक अध्यक्ष अमृता शर्मा, अभिनेत्री मान्सी शर्मा र फेसन उद्यमी फूपू तेन्जिङ शेर्पा रहेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्प्न्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
फेसियल हाउसले स्थापना कालदेखि हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। आगामी दिनमा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै अझ प्रभावकारी सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता प्रबन्ध निर्देशक महराले जनाइन्।
फेसियल हाउसको काठमाडौँ मल, चाबहिल, ललितपुर, चितवन, पोखरा, नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन्।











प्रतिक्रिया