छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करणको नतिजा यसै साता सार्वजनिक हुने भएको छ। तर अवार्ड तथा सम्मान वितरण समारोह भने केही समयपछि मात्र आयोजना गरिने भएको छ।
रसुवाको भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यस वर्षको तीज म्युजिक अवार्डको नियमित कार्यक्रम प्रभावित भएको हो। छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार अवार्डको मूल्यांकन प्रक्रिया भने रोकिएको छैन। यस वर्ष सहभागी भएका तीज गीत तथा सिर्जनाको मूल्यांकनपछि नतिजा यही साता सार्वजनिक गरिने उनले जानकारी गराए।











प्रतिक्रिया