रिलीजको तयारीमा रहेको फिल्म चमेलीको पोइमा मुकुन भुसाल र सुरक्षा पन्तको प्रेमिल जोडी देखिएको छ।
आगामी असोज १६ गते रिलीजमा आउने फिल्ममा समावेश माया मान्छौ र बोलको गीतमा मुकुन र सुरक्षा प्रेमिल रुपमा प्रस्तुत भएका हुन्। गीतको भिडियोमा मुकुन र सुरक्षालाई मुस्ताङका रमणीय स्थलमा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रचना आशिष अविरलको संगीत तथा मेलिना राई र आशिष अविरलको युगल गायन छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
यसअघि सार्वजनिक ओइ ओइ चमेलीले दर्शकको ध्यान तानिरहेका बेला निर्माण टिमले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको हो। नया“ गीतले फिल्मका प्रमुख पात्र मुकुन र सुरक्षाबीचको सम्बन्धलाई संकेत गरेको छ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म चमेलीको पोइ पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा छ। यही फिल्ममार्फत करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी ‘प्रेमचरो’ ठूलो पर्दामा फर्किएका छन्। फिल्ममा त्रिपाठीस“गै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतले अभिनय गरेका छन्।
धनलक्ष्मी सिने मेकर्सको व्यानरमा रामनारायण उपाध्याय र सुनीता सापकोटाद्वारा निर्मित फिल्ममा उदय विक्रम राणा, रितु मल्ल कुँबर , सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता तथा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँबर र प्रदीपकुमार सापकोटा सह–निर्माता रहेका छन्।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, शेरबहादुर तामाङको छायांकन र बन्दे प्रसादको सम्पादन रेको छ।
फिल्मले केही समयअघि अमेरिकामा आयोजित फिल्मको विशेष प्रदर्शनमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमको दाबी छ। निर्देशक बोहराका अनुसार फिल्मले मनोरञ्जनसँगै जीवनोपयोगी सन्देश पनि दिनेछ। फिल्मलाई आरआर फिल्म्स्ले वितरण गर्दैछ।











प्रतिक्रिया