बुवाको त्याग, संघर्ष र सन्तानप्रतिको जिम्मेवारीको कथा बोकेको फिल्म बा : एक योद्धा अब असोज ९ गते रिलीजमा आउने भएको छ। निर्माण टिमले हालै फिल्मको नयाँ रिलीज डेट घोषणा गरेको हो।
‘हामी वितरक तथा प्रदर्शकसंग सल्लाह गरेर बा : एक योद्धालाई असोज ९ गते प्रदर्शनमा ल्याउने निष्कर्षमा पुगेका छौं। फिल्मका निर्माता वसन्त लम्सालले भने, ‘यो मितिमा हामीलाई दर्शकसँगै सबै पक्षको साथ मिल्नेमा हामी विश्वस्त छौं ।’ यसअघि निर्माण टिमले भोटेकोशी बाढीपीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै फिल्मको प्रदर्शन मंसिर २४ गतेका लागि तय गरेको थियो। तर, पछिल्लो छलफलपछि उक्त मिति परिवर्तन गरिएको हो।
बा : एक योद्धाले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको विषय बनाएको छ। संगीतकार हरि लम्सालको लेखन तथा निर्देशन बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकार मुख्य भूमिकामा छन्। नेपाली संगीत क्षेत्रमा दर्जनौ“ लोकप्रिय गीत दिएका हरि लम्साल संगीतकारस“गै रचनाकार र गायक पनि हुन्। फिचर फिल्म निर्देशनमा भने बा : एक योद्धा उनको डेब्यु फिल्म हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्धारा निर्माण भएको फिल्ममा कथा र पटकथा पनि लम्सालकै छ। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काप्mले सह–निर्माता रहेको फिल्मको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।











प्रतिक्रिया