अरूको भारी बोकेर जीवन गुजारिरहेका कार्की साइलाको आप्mनै जीवनमा भने खुसीको भारी कहिले थपिन्छ ? यही प्रश्नस“गै रिलिजको तयारीमा रहेको फिल्म कार्की साइ“लाको ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी असोज २ अल नेपाल रिलिजमा आउने फिल्मको ट्रेलर मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा जितु नेपालले निर्वाह गरेको कार्की साइ“लाको जीवन, प्रेम र पारिवारिक यात्रालाई प्रस्तुत गरिएको छ। गाउ“मा भारी बोक्ने काम गर्दै आएका कार्की साइ“ला अरूका लागि लमी बन्ने गरेको देखिन्छ। तर, आप्mनै जीवनमा भने प्रेम र विवाहको खुसी कसरी आइपुग्छ भन्ने कुराले ट्रेलरलाई उत्सुक बनाउछ।
गाउलेको हेपाहा प्रवृत्तिबाट प्रभावित कार्की साइ“ला सरल र सहयोगी स्वभावका पात्रका रूपमा प्रस्तुत छन्। गाउ“मा आइपुगेकी एक युवतीको भारी बोकेर सहयोग गर्दा उनले पैसा लिनसमेत अस्वीकार गर्छन्। यही सम्बन्ध विस्तारै प्रेममा परिणत हुन्छ र युवतीस“ग उनको विवाह हुन्छ। त्यसपछि सन्तानको खुसीसम्म पुग्ने कार्की साइ“लाको जीवनयात्रालाई ट्रेलरमा देखाइएको छ।
ट्रेलरले पुरुषको भावनालाई समेत कथाको एउटा महत्वपूर्ण पक्षका रूपमा उठाएको छ। महिलाले जहा“ पनि रोएर मन हलुका बनाउन सक्ने भए पनि पुरुषले रुनसमेत एकान्त खोज्नुपर्ने सामाजिक मनोविज्ञानलाई संवादमार्फत प्रस्तुत गरिएको छ।
जितु नेपाल, प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायतको अभिनय रहेको फिल्ममा डम्बर राईको कथा, शंकर धिताल र सविन अधिकारीको पटकथा र संवाद तथा दीप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको छ। राजेन्द्र बस्नेतको निर्देशनमा बनेका फिल्म बालकुमार राई र निर्भीक बञ्जाराले निर्माण गरेका हुन्।












प्रतिक्रिया