आज शुक्रवार नेपाली, बलिउड र हलिउडका नयाँ फिल्मबीच प्रतिस्पर्धा हु“दैछ। आज तीन नेपालीसहित ६ नयाँ फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन्।
यीमध्ये माओत्से गुरुङद्वारा निर्देशित पेन्सन पट्टाले सर्वाधिक शो पाएको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शुक्रवारका लागि कुल २ सय ६ शो पाएको छ।
दयाहाङ राईद्वारा अभिनित फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा प्रस्तुत गर्छ। फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायतले अभिनय गरेका छन्।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङद्वारा निर्मित फिल्म २ घण्टा ८ मिनेट लामो छ।












प्रतिक्रिया