एलिफेन्ट इन द फगको

अर्को छलाङ


हाल सार्वजनिक प्रदर्शनमा रहेको कान्स अवार्ड विजेता फिल्म एलिफेन्ट इन द फग १९ औ एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा तीन विधाको मनोनयनमा परेको छ।

एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीमा अविनाश विक्रम शाह निर्देशित एलिफेन्ट इन द फग उत्कृष्ट फिल्म, निर्देशक र अभिनय विधामा परेको हो।

एलिफेन्ट इन द फग नेपालसहित जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेको सहकार्यमा निर्माण भएको हो। अवार्ड समारोह अस्ट्रेलियामा आगामी अक्टोबर ३० मा आयोजना हुदैछ।