ऐना हेरेर, कपाल कोरेर पेन्सन पट्टा


लाहुरे जीवन, पेन्सन अधिकार र पारिवारिक विगतको कथा बोकेको फिल्म पेन्सन पट्टाले अब आप्mनो प्रेमिल पाटोतर्फ दर्शकको ध्यान तानेको छ। भोलि शुक्रवार रिलिज हुने फिल्ममा समावेश ऐना हेरेर, कपाल कोरेर बोलको गीत सार्वजनिक भएस“गै कथामा जोडिएको प्रेम र सम्बन्धको आयाम पनि बाहिर आएको हो।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा सुज र शान्ति श्री परियारको स्वर, सुरज तामुको शब्द र संगीत तथा मनोज थापा मगरको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा मनोज गुरुङ र अनुशा राईको अभिनय छ। मौलिक स्वादको गीतले फिल्मका पात्रबीचको प्रेम र भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्छ। फिल्मको कथा भने केवल लाहुरेले पाउने पेन्सनको विषयमा सिमित छैन। पेन्सन पट्टामा बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि वर्षौ“देखि परिवारबाट ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रसगै कथा अघि बढ्छ। हराएको पेन्सन पट्टाको खोजीले पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारका जटिलतालाई सतहमा ल्याउ“छ।

निर्देशक माओत्से गुरुङले करिब १२÷१५ वर्षदेखि फिल्म बनाउने सोचमा यो कथा बुनेको बताएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले पारिवारिक सम्बन्धमा पार्ने प्रभावलाई फिल्ममा प्रस्तुत गरिएको उनको भनाइ छ। उनका अनुसार पेन्सन फिल्मको महत्वपूर्ण विषय भए पनि कथा त्यसमै सीमित छैन। प्रेम, त्याग, पारिवारिक सम्बन्ध र मानवीय भावनाका विभिन्न तहलाई कथामा समेटिएको छ। धन, सम्पत्ति र प्रतिष्ठाभन्दा सम्बन्ध र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको निर्देशक गुरुङले बताएका छन्।

दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय रहेको फिल्म मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेका हुन्।