एक्लिएका अभिभावकमाथि नाटकमा लौरो


युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढेसगै गाउमा बुढ्यौली पुस्ता एक्लिदै गएको सामाजिक यथार्थलाई विद्यार्थीले रंगमञ्चमा उतारेका छन्।

ललितपुर–१५, सातदोबाटोस्थित ब्राइट प्mयुचर माध्यमिक विद्यालयका विद्यार्थी अभिनित नाटक लौरोको यही विषयमा बुधवारदेखि कुञ्ज थियटरमा मञ्चन सुरु भएको हो।

नाटकमा संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्टलगायत विद्यार्थीको अभिनय छ। मञ्च व्यवस्थापन प्रसिज घिमिरे, प्रप्स व्यवस्थापन रेश्मी राई तथा प्रकाश परिकल्पना प्रकाश दाहालको रहेको छ। २७ गतेसम्म मञ्चन हुने नाटकमा लेखन र निर्देशन पुष्पराज अवस्थीको छ।

निर्देशक अवस्थीका अनुसार लौरो एउटा परिवारको मात्र कथा होइन। यसमा बुबा–आमाका भावना र उनीहरूले सन्तानबाट खोज्ने साथ, सम्बन्ध र आत्मीयतालाई नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरिएको उनले बताए। उनका अनुसार परिवारबाट टाढि“दै गएका सन्तान र उनीहरूको प्रतीक्षामा रहेका अभिभावकको भावनालाई नाटकको मूल कथास“ग जोडिएको छ