चेक बाउन्स केसमा राजपाल यादवलाई ठूलो राहत, अब ५ करोडको चुनौती


बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा सर्वोच्च अदालतबाट अन्तरिम राहत मिलेको छ। तर राहत कायम राख्न उनले आज, सेप्टेम्बर ९ सम्म सर्वोच्च अदालतको रजिस्ट्रीमा ५ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्नेछ।

सर्वोच्च अदालतले ८ सेप्टेम्बरमा राजपाल यादवलाई आत्मसमर्पण गर्नबाट अस्थायी छुट दिएको थियो। अदालतले उनको निवेदनमा नोटिस जारी गर्दै अर्को सुनुवाइ सेप्टेम्बर १५ का लागि तोकेको छ।

राजपाल यादवविरुद्ध मुर्ली प्रोजेक्ट्ससँग सम्बन्धित सातवटा चेक बाउन्स मुद्दा छन्। दिल्ली उच्च अदालतले यसअघि उनको दोषसिद्धि कायम राख्दै सातवटै मुद्दामा तीन–तीन महिनाको जेल सजाय सुनाएको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार ५ करोड रुपैयाँ समयमै जम्मा गरेमा राजपाल यादवले तत्काल आत्मसमर्पण गर्नुपर्ने छैन। अब सबैको ध्यान उनले तोकिएको समयभित्र रकम जम्मा गर्छन् कि गर्दैनन् भन्नेमा छ।