आगामी असोज ९ गते रिलिजमा आउने फिल्म जदौमा समावेश तिमीसँग नबोली बोलको गीत सार्वजनिक गरिएको छ। हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा प्रभात पाल ठकुरी र नीति शाहलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।
किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियो आकर्षक लोकेसनमा छाया“कन गरिएको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म अन्तरजातीय प्रेम सम्बन्धको विषयमा बनेको छ।
प्रभात पल र नीति शाहस“गै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन खबपु, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेको फिल्ममा स्क्रिप्ट निर्देशक काजी लिम्बू, छाया“कन श्याम तामाङ र नवराज उप्रेतीको छायाकन रहेको फिल्म समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको व्यानरनमा सृजना शर्मा र मनिष शर्माले निर्माण गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सहनिर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्म एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्दैछ।












प्रतिक्रिया