राहत बोकेर नुवाकोट पुगे कलाकार


भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडामा मल्हम लगाउन कलाकारहरू राहत सामग्री बोकेर नुवाकोट पुगेका छन्। अभिनेत्री प्रियंका कार्की, हास्यकलाकार जितु नेपाल (मुन्द्रे) र मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) लगायत कलाकारले प्रभावित परिवारसम्म प्रत्यक्ष रूपमा पुगेर राहत सामग्री वितरण गर्नुका साथै उनीहरूको पीडा सुनेका छन्।

अभिनेत्री प्रियंका कार्कीले नुवाकोट पुगेर ७१ परिवारलाई राहत सामग्री वितरण गरेकी छन्। सहयोगीहरूले दिएको माया, साथ र विश्वास प्रभावित परिवारको हातसम्म पुग्दा मनले थोरै भए पनि राहत महसुस गरेको उनको भनाइ छ। राहत अभियानमा साथ दिने प्रत्येक सहयोगी मनप्रति आभार व्यक्त गर्दै प्रियंकाले विपत्तिमा परेका परिवारलाई सहयोग गर्न पाउनु आप्mनो लागि महत्वपूर्ण अनुभव भएको बताएकी छन्।
हास्यकलाकार जितु नेपालले भने राहत वितरणका क्रममा बाढीपीडित परिवारले भोगिरहेको पीडा नजिकबाट देखेपछि आफू भावुक बनेको बताएका छन्। यसअघि आफूले सकेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरे पनि प्रत्यक्ष रूपमा राहत वितरणमा सहभागी हुन नपाउ“दा मनले नमानेकोको आपै“m पुगेर राहत वितरण गरेका बताएका छन्।

त्रिशूलीका चिनजानका दामोदर नाम गरेका व्यक्तिसँग बाढीपछि दुई दिनसम्म सम्पर्क हुन नसक्दा आफू निकै चिन्तित भएको उनले बताएका छन्। जिरे खुर्शानीमा समेत खेलिसकेका दामोदरको तेस्रो दिन फोन आएपछि उनी सकुशल रहेको तर परिवारका धेरै सदस्य गुमाएको जानकारी पाएको जितुले बताएका छन्। दामोदरले घर बाढीले नबगाए पनि परिवार शोकमा रहेको र किरिया बसेको जानकारी गराएपछि जितुले तत्काल आवश्यक सामग्रीबारे सोधेका थिए।

दामोदरले बत्तीको अभाव रहेको र सोलार लाइट, ब्ल्यांकेट तथा ग्यास आवश्यक रहेको बताएपछि जितुले राहत सामग्री जुटाउन थालेका थिए। ५ वटा ग्यास, सोलार लाइट, ब्ल्यांकेट, तौलियालगायतका सामग्री जुटाएर उनी गोपाल नेपाल, शिवहरि आचार्य र निरज नेपालस“गै नुवाकोट पुगेका थिए।

राहत वितरणका क्रममा परिवारका सदस्य गुमाएका ३० घरमा पुगेर पीडितस“ग भेटघाट गरेको जितुले बताएका छन्। त्यसमध्ये एक परिवारले मात्रै ६ जना महिला गुमाएको जानकारी पाएपछि आफूहरूको मन थाम्न नसकेको उनले बताए। उनको राहत अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले पनि सहयोग गरेका थिए। मिस्टर डेनिम ब्रान्डले ४०÷५० वटा नया“ टी–सर्ट तथा उनले पहिले ब्रान्ड एम्बेसडरका रूपमा काम गरेको रोयल सुजले ५० जोर जुत्ता उपलब्ध गराएका थिए। हङकङमा जितुको फिल्म प्रदर्शन गरेका अशोक थापासहित मुस्कान दाहाल, सगुन राना, खिमा थापा, अशोक मल्ल, इन्द्रकुमारी थापा, संस्कृति ज्वेलर्स, धनकाजी गुरुङ, तरी पुन र राधिका लिम्बूलगायतले आर्थिक सहयोग गरेको जितुले जानकारी गराएका छन्। संकलित रकममा थप रकम मिलाएर पीडित परिवारका लागि आवश्यक राहत सामग्री खरिद गरी वितरण गरिएको जितुले बताए।

यसैगरी हास्यकलाकार मरिचमान श्रेष्ठले पनि नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका छन्। ‘चन्डिका श्रेष्ठ आमा (हालै उद्धार गरिएकी महिला) को उद्धारपछि फेरि प्रभावित परिवारका घाउमा मल्हम लगाउने उद्देश्यले बेत्रावती क्षेत्रमा पुगेको उनले बताएका छन्। राहत वितरणपछि जितुले बाढीपहिरो प्रभावितको पीडा प्रत्यक्ष देखेपछि आफूलाई जीवनप्रतिको दृष्टिकोण नै फरक भएको अनुभव सुनाएका छन्। ठूलो दुःख सहेर पनि मानिसहरू आफूलाई सम्हाल्दै बा“चिरहेको देख्दा सामान्य जीवनका सानातिना समस्यामा निराश हुनेहरूलाई पीडित परिवारको नजिक पुगेर वास्तविक दुःख बुझ्न उनले आग्रह गरेका छन्। यीबाहेक विभिन्न क्ष्ँेत्रका कलाकारहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राहत अभियानमा सहयोग गरिरहेका छन्।