काठमाडौ
बलिउड अभिनेत्री अमीषा पटेल र भारतीय क्रिकेटर हार्दिक पाण्ड्याबीच प्रेम सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति अमीषाले कडा प्रतिक्रिया दिएकी छन्।हालै मुम्बईको ताज महल प्यालेसमा आयोजित एक जमघटमा अमीषा र हार्दिक सँगै देखिएका थिए। भाइरल भिडियोमा अमीषाले हार्दिकलाई आफ्ना साथीहरूसँग परिचय गराइरहेको र उनको काँधमा हात राखेको देखिएपछि सामाजिक सञ्जालमा उनीहरूबीच अफेयर रहेको अड्कलबाजी सुरु भएको थियो।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियो साझा गर्दै उनीहरूको व्यवहारलाई रोमान्टिक सम्बन्धसँग जोड्दै टिप्पणी गरेका थिए। त्यसपछि अमीषाले व्यंग्यात्मक शैलीमा जवाफ दिँदै ती प्रयोगकर्ताको आलोचना गरेकी हुन्।
अमीषाले लेखेकी छन्, हो, बिल्कुल सही। मेरो हात उनको काँधमा कति रोमान्टिक तरिकाले थियो, हैन? म तिमीलाई चिन्दिनँ, तर पक्कै पनि तिम्री कुनै महिला साथी पनि छैन जस्तो छ। यस्तो कुरा पोस्ट गर्नुअघि कम्तीमा एउटी महिला साथी बनाऊ।”
उनको यो जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरै प्रयोगकर्ताले सामान्य मित्रवत व्यवहारलाई अनावश्यक रूपमा प्रेम सम्बन्धसँग जोडेर अफवाह फैलाउने प्रवृत्तिको आलोचना गरेका छन्।
अमीषाको प्रतिक्रियासँगै हार्दिक पाण्ड्यासँग उनको अफेयर रहेको चर्चा केवल सामाजिक सञ्जालको अड्कलबाजी भएको स्पष्ट भएको छ।












प्रतिक्रिया