काठमाडौँ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला ३ हजार एक सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार तोलामा २ हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला ३ लाख एक हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला ३ लाख ४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला ४ हजार ७ सय २५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी साेमबार तोलामा ४ हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार चार सय एक अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।












प्रतिक्रिया