बक्स अफिसमा राम्रो व्यापार गर्न सफल पछिल्लो फिल्म गौंथलीले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ।
प्रदर्शनको ५१औं दिनसम्म पनि देशभरका तीन दर्जनभन्दा बढी हलमा निरन्तर प्रदर्शनरत रह“दै फिल्मले नेपाली फिल्म उद्योगमा अर्को उल्लेखनीय उपलब्धि हासिल गरेको हो। यो वर्ष हालसम्मकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको गौंथली अहिले काठमाडौं उपत्यकाभित्र र बाहिरका ४३ हलमा प्रदर्शन भइरहेको निर्माता सुमन गिरी भान्जाले जानकारी गराए। उनका अनुसार फिल्मले हालसम्म २६ करोड ८० लाख ५ हजार ५ सय २५ रुपैया“ ग्रस कलेक्सन गरेको छ। गिरीका अनुसार फिल्म ४३ हलमा ५९ शोसहित प्रदर्शन भइरहेको छ।
पूर्ण बहादुरको सारंगीपछि गौंथली नेपाली फिल्म उद्योगकै सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको निर्माण पक्षको दाबी छ। ५१औँ दिनको सफलतापछि निर्देशक डा. कपिल रिजालले दर्शकप्रति आभार व्यक्त गरेका छन्। मेहनतसंगै दर्शकको मायाका कारण ५१औं दिन मनाउन सफल भएको जनाउ“दै उनले यो मायाले आफूहरूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्। दर्शकप्रति धन्यवाद व्यक्त गर्दै उनले आफूहरू अझ जिम्मेवार भएर चा“डै नया“ कामसहित दर्शकमाझ आउने बताएका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारको अभिनय छ।












प्रतिक्रिया