घरबाटै प्रतिभा देखाएर ५० हजार जिते आश्वीनले


युट्युवमार्फत सञ्चालन भइरहेको प्रतिभा खोजी शो इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को अगस्ट महिनाको विजेता आश्वीन पौडेल घोषित भएका छन्।
गायनमार्फत प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरेका आश्वीनले दर्शकस्रोताको मत र प्रतिक्रियाका आधारमा अगस्त महिनाको उत्कृष्ट प्रतिभाको उपाधि जित्दै नगद ५० हजार रुपैया“ प्राप्त गर्नेछन्।

इट इज माइ ट्यालेन्ट नेपालमा गायन, अभिनय, नृत्य, वाक कल लगायत आफूमा निहित जुनसुकै प्रतिभा डिजिटल माध्यमबाटै प्रस्तुत गरेर प्रतिस्पर्धा गर्न सकिने व्यवस्था छ। प्रतियोगिताको हरेक महिना एक जना उत्कृष्ट प्रतिभालाई विजेता घोषणा गरी पुरस्कार प्रदान गरि“दै आएको छ। यसअघि जुलाई महिनाको विजेता गिनिज अधिकारी घोषित भएका थिए।

यस प्रतियोगिताको विशेषता भनेकै प्रतियोगीले भौतिक रूपमा उपस्थित नभई मोबाइल वा क्यामेराको माध्यमबाट घरबाटै आप्mनो प्रतिभाको भिडियो बनाएर पठाउनु हो।