भेलोसिटी फुटसल सुरु


काठमाडौं।

द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता आइतबारदेखि हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा सुरु भएको छ ।
प्रतियोगिताको भेलोसिटीकी प्रिन्सिपल रेखा खनालले उद्घाटन गरिन् । पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ ।

प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन विद्यावाणी पाठशालाले विद्या आर्जन, एकलव्यले अक्सिडेन्टल, द सेलिब्रेसन को–एडले चेल्सी वल्र्ड स्कुल तथा ग्रिनविच एकेडेमीले ब्रम्हकुञ्ज शिक्षा सदनसंग खेल्ने छन् ।
अन्य प्रिक्वाटरफाइनल ग्लेडस्टोन एकेडेमी र क्रिस्टियन कम्युनिटी स्कुल, स्वस्तिश्री गुरुकुल र डाफोडिल, नव ज्ञान पाठशाला र युरो तथा जिनियस र श्रीयन्त्रबीच हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।