आगामी असोज २ गते रिलिमा आउने फिल्म झिंगे दाउ २ ले हलसम्म पुग्नका लागि दर्शकलाई सजिलो बनाइदिएको छ।
निर्माण टिमले परम्परागत प्रचार शैलीभन्दा फरक रूपमा सार्वजनिक यातायातमार्फत फिल्मलाई दर्शकमाझ पु¥याउन सजिलो बनाएको हो। निर्माण टिमले नेपाल यातायातका ८० वटा गाडीका सिटमा झिंगे दाउ २ को प्रचार सामग्रीका साथ टिकट काट्नका लागि क्यूआर राखेर दर्शकलाई सजिलो बनाइदिएको हो।
प्रचार सामग्री राखिएको सिट कभरमा दुईवटा क्यूआर कोड राखिएका छन्। एउटा क्यूआर स्क्यान गरेपछि फिल्मको टिजर हेर्न सकिनेछ भने अर्को क्यूआरमार्फत क्यूएफएक्स चेनका हलमा फिल्मको टिकट काट्न सकिने व्यवस्था गरिएको छ। यसरी सार्वजनिक यातायातमै फिल्मको जानकारीस“गै टिजर हेर्ने र टिकट काट्ने सुविधा उपलब्ध गराइएको यो पहिलोपटक हो।
झिगे दाउको सफलतापश्चात ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको झिंगे दाउ २ मा केकी अधिकारी, आ“चल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउ“वाला गौतम, सरोज खनाल, वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय रहेको छ।












प्रतिक्रिया