रम्भा होजस्ता चर्चित गीतबाट बलिउडमा आप्mनो छुट्टै पहिचान बनाएकी अभिनेत्री तथा डान्सर कल्पना अय्यर अहिले ७० वर्षको उमेरमा पुनः अभिनयमा फर्किन चाहन्छिन्। तर कामका लागि उद्योगका मानिसस“ग सम्पर्क गर्दा आफूलाई बेवास्ता गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्।
हालै साथीको विवाहमा उनले चर्चित गीत रम्भा हो मा नृत्य गरेको भिडियो भाइरल भएपछि कल्पना पुनः चर्चामा आएकी थिइन्। त्यसपछि उनले विभिन्न पोडकास्ट तथा अन्तर्वार्तामा आफू अझै अभिनय गर्न इच्छुक रहेको बताएकी थिइन्। उमेरअनुसारको भूमिका पाए आफू छोटो भूमिकामा समेत काम गर्न तयार रहेको उनको भनाइ थियो।
तर कामको खोजी प्रया गर्दा आफूलाई सम्पर्क गरेर पछि जवाफ नै नदिने गरेको भन्दै असन्तुष्टी जनाएकी छन्। उनले आफू कुनै विशेष सुविधा वा सहानुभूति मागिरहेको नभई सामान्य सम्मान र व्यावसायिक व्यवहार मात्र अपेक्षा गरेको बताएकी छन्। आफूलाई सम्पर्क गरिसकेपछि अचानक हराउने वा जवाफ नदिने व्यवहारले भने आफूलाई दुःख लागेको उनको भनाइ छ। ७० वर्षको उमेरमा आफूले राखेको सामान्य आग्रह भएको उनको भनाइ छ– आफूलाई निष्पक्ष र सभ्य व्यवहार गरियोस्।
कल्पना १२ वर्षको उमेरदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय भएकी थिइन्। देव आनन्दको फिल्म लुटमारबाट आप्mनो पहिचान बनाउ“दै उनले पछि रम्भा हो सहितका चर्चित डान्स नम्बरमार्फत ठूलो लोकप्रियता हासिल गरिन्। हम साथ साथ हैउनको पछिल्लो प्रमुख फिल्ममध्ये एक हो, जुन १९९९ मा रिलिज भएको थियो। त्यसपछि उनी दुबईमा बस्दै आएकी छन्।
अहिले फेरि चर्चामा आएपछि उनी बलिउडमा आप्mनो दोस्रो इनिङ सुरु गर्न चाहन्छिन्। तर ७० वर्षको उमेरमा काम खोजिरहेकी उनको यो अभिव्यक्तिले भने बलिउडमा वरिष्ठ कलाकारप्रतिको व्यवहार र उमेरका कारण आउने अवसरको प्रश्नलाई समेत चर्चामा ल्याएको छ।












प्रतिक्रिया