दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिस एण्ड मिसेस ब्युटीफुल नेपालको ११औं संस्करणमा रीता तामाङले मिसेस ब्युटीफुल नेपालको मुख्य उपाधिसँगै बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्टेडसहित एकैपटक ४ विधाको उपाधि चुमेकी छन्।
पेशाले ब्युटीसियन रहेकी तामाङले यो सफलताले आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा अझ उत्साहित भएर काम गर्ने ऊर्जा दिएको बताइन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा समीक्षा शर्माले मिस ब्युटीफुल नेपालको ताज जितिन्। उनले मस्ट पपुलरको उपाधिसमेत जितिन्। मिस ब्युटीफुल नेपालतर्फ तारा कुमारी दुलाल फस्र्ट, निशा राजवाहक सेकेन्ड र सञ्जिना चौधरी थर्ड रनर्सअप भए। सञ्जिना चौधरीले भ्युअर्स च्वाइससँगै बेस्ट स्माइल र मस्ट ट्यालेन्टको उपाधि पाइन्। तारा कुमारी दुलालले मिस फिटनेस तथा निशा राजवाहकले बेस्ट स्किनको उपाधि जिते।
मिसेस ब्युटीफुल नेपालतर्फ मन्दिरा आचार्य फस्र्ट, गीता बुढाथोकी सेकेन्ड, सृजना घिमिरे थर्ड र रीता कटुवाल फोर्थ रनर्सअप बने। सृजना घिमिरेले भ्युअर्स च्वाइस, रेखा श्रेष्ठले अर्गनाइजर च्वाइस र सुनिता श्रेष्ठ आचार्यले मस्ट पपुलरको उपाधि पाए। मिसेसतर्फ मन्दिरा आचार्यले मस्ट डिसिप्लिन्ड, सुनिता श्रेष्ठ आचार्यले बेस्ट स्माइल र सोसियल वेलफेयर एम्बासडर, रेखा श्रेष्ठले मस्ट पंक्चुअल, गीता बुढाथोकीले मस्ट एक्टिभ, सृजना घिमिरेले बेस्ट स्किन तथा रीता कटुवालले बेस्ट स्पिच र मस्ट क्रिएटिभको उपाधि जिते।
अभिनेत्री तृप्ति नाडकर मुख्य निर्णायक रहेको प्रतियोगितामा गायक आनन्द कार्की, पत्रकार सन्दीप पौडेल, मिसेस ब्युटीफुल नेपाल २०२४ विजया अधिकारी, डा. सूचना मराहट्टा, फेसन विज्ञ दिना गुरुङ र मिसेस गुरुङ २०२२ विजेता नीलम गुरुङ निर्णायक रहेका थिए।
राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा अभिनेता धिरेन शाक्य, सौन्दर्यकर्मी तथा मेकअप प्रशिक्षक मञ्जिला सुवेदी, पत्रकार गीता अधिकारी, गायक तथा कार्यक्रम सञ्चालक राजेश बर्देवा, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलगयातलाई सम्मान गरिएको थियो। महिलाको सौन्दर्यसँगै आत्मविश्वास, प्रतिभा र व्यक्तित्वको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक टेकराज पाण्डेले जानाकारी गराए। गीता उप्रेतीको व्यवस्थापन र राहुल बन्जाडेको निर्देशनमा सम्पन्न कार्यक्रम आश्विनीकान्त झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।












प्रतिक्रिया