तिरुपति पिक्चर्सको छैठौँ प्रस्तुति ईश्वरको शुभमुहूर्त गरिएको छ। तिरुपति पिक्चर्सले निर्माण गर्न लागेको नया फिल्मको गत साता राजधानीमा आयोजित एक समारोहबीच शुभमुहूर्त गरिएको हो।
सरोज शर्मा र सुनिता भट्टराईको निर्माण रहने फिल्ममा प्रतिक शर्मा, रूप शाक्य, कुमार निरौला र विमला ढकाल सहनिर्माता रहेका छन्। फिल्मको कथा किरण दाहाल, पटकथा भावना ढकाल र संवाद ललितसिंह साउदले लेखेका छन्।
फिल्मको निर्देशन सरोज शर्मा र सुनिता भट्टराईले संयुक्त रूपमा गर्ने फिल्ममा सरोज शर्मा, सुनिता भट्टराई, प्रतीक शर्मा, चन्दन सिजापति, ध्रुव भट्टराई, राजेन्द्रकुमार पि“डाली, शैलेश पाठेलगायत कलाकारको अभिनय रहनेछ। नया“ कलाकारका रूपमा मनिता कडेलसमेत फिल्ममा जोडिएकी छन्। फिल्ममा बालकलाकारका रूपमा सागमति भट्टराई, साधना शर्मा र केपी तामाङको अभिनय रहने छ।












प्रतिक्रिया