छायांकनको क्रममा रहेको नायक पल शाहको फिल्म यानीमायाको प्रदर्शन अधिकार एकैपटक ६ वटा देशमा बिक्री भएको छ।
निर्माणपक्षका अनुसार यानीमायाको हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ। यानीमायाको अहिले छायांकन भइरहेको छ। ४० दिनको सेड्युल तय गरेर काम भइरहेको फिल्मको कथा सामाजिक प्रेममा आधारित छ। निर्माणपक्षले फिल्म आगामी फागुन ७ गते रिलिजमा ल्याउने घोषणा गरिसकेको छ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा पल शाहस“गै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।
चन्द्र ज्योती आले र पल शाहको लगानी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, नवराज उप्रेतीको डीओपी, रेनिश फागोको कलर सम्पादन र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।












प्रतिक्रिया