दया फाउन्डेसनद्वारा १ करोड सहयोग


काठमाडौं, (नेस) ।

बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ । उक्त सहयोग रकम फाउन्डेसनका बोर्ड सदस्यहरूले हस्तान्तरण गर्नुभएको हो ।

फाउन्डेसनले विपद्को यस कठिन घडीमा राहत तथा उद्धार प्रयासमा योगदान गर्ने अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरेको छ । साथै, संकटको समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न नेपाल सरकारले गरेको शीघ्र पहल र प्रभावकारी स्रोत परिचालनप्रति प्रशंसा व्यक्त गरेको छ । नेपाल तथा विश्वभरका व्यक्ति तथा संस्थाहरूबाट प्राप्त अभूतपूर्व सहयोग, ऐक्यबद्धता र मानवीय संवेदनाप्रति पनि फाउन्डेसनले आभार व्यक्त गरेको छ ।

यस सहयोगको भावना दया फाउन्डेसनका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य–मान्यता र जीवनदृष्टिबाट प्रेरित रहेको फाउन्डेसनले जनाएको छ । बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ । उक्त सहयोग रकम फाउन्डेसनका बोर्ड सदस्यहरूले हस्तान्तरण गर्नुभएको हो ।