भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका बस्तीमा यतिबेला कलाकारहरू मनोरञ्जन होइन, राहत र सहयोगको सन्देश लिएर पुगिरहेका छन्। नेपाली कलाकारदेखि बलिउड अभिनेता तथा समाजसेवी सोनु सुदसम्म बाढी प्रभावित परिवारको अवस्था बुझ्दै तत्काल राहतदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धतासहित प्रभावित क्षेत्रमा पुगेका छन्।
हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित टेलिशृंखला जुठे र हल्का रमाइलोका कलाकारको टोलीले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेको छ। टोलीले विदुरमा २० घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हो। यसअघि त्रिशुली–११, गेर्खु तथा विदुर–२ लगायतका क्षेत्रमा ३० भन्दा बढी बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको मरिचमानले जानकारी गराएका छन्। टोलीमा मरिचमानका साथमा कृष्ण शिवोकोटी, मुुकुन्द मैनालीलगायत जुठे र हल्के हवल्दारका कलाकार तथा प्राविधिक सहभागी छन्।
राहत वितरणका क्रममा प्रभावित परिवारस“ग प्रत्यक्ष भेट्दा उनीहरूले राहत समयमै प्राप्त गर्न नसकेको गुनासो गरेको उनलेले बताए। राहत सामग्री होल्डिङ सेन्टरमा मात्रै राखेर नहुने भन्दै उनले तत्काल प्रभावित परिवारसम्म राहत पु¥याउनुपर्नेमा जोड दिएका छन्। ‘धेरै जनाले मलाई प्रत्यक्ष रूपमा भन्नुभयो र म्यासेज पनि गर्नुभएको छ। सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा मात्रै राखेर हु“दैन, तत्काल प्रभावित परिवारसम्म पु¥याउनुपर्छ’ उनले भने। उनी नेतृत्वको टोली राहत वितरणको दोस्रो चरणका लागि बाढी प्रभावित रसुवाको उत्तरगया गाउपालिकातर्फ समेत प्रस्थान गरेको छ।
यही क्रममा भदौ २६ गते रिलिजमा आउने फिल्म अक्षराकी अभिनेत्री न्यान्सी खड्का पनि बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगेकी छन्।
पूर्व मिस नेपाल इन्टरनेसनलसमेत रहेकी न्यान्सीले नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेर स्थानीयस“ग भेटघाट गर्नुका साथै राहत सामग्री वितरण गरेकी छन्। उनले पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर बाढीपहिरोबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूस“ग भेटिन्। वडा अध्यक्षस“ग भेटेर प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यकताबारे समेत जानकारी लिइन्।
यात्राका क्रममा आवश्यकतामा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीलाई मास्क र ग्लोभ्स उपलब्ध गराएकी न्यान्सीले युनाइटेड स्कुल, बटर धोबिघाटलगायतका स्थानमा पुगेर प्रभावित परिवारको अवस्था बुझेकी छन्। उनको राहत अभियानमा लाइन्स क्लबका सदस्यहरूले समेत सहकार्य गरेका थिए। ‘यस्तो कठिन समयमा प्रभावित परिवारहरूसम्म पुग्नु, उहा“हरूको कुरा सुन्नु र आफूले सकेको ठाउ“बाट साथ दिनु नै मेरो उद्देश्य हो’ न्यान्सी भन्छिन्।
उता, बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद पनि भारतबाट आप्mनो राहत टोलीसहित नुवाकोटको त्रिशूली पुगेका छन्। बुधवार त्रिशूली बजार पुगेका उनले त्रिशूली नदी किनारमा बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गर्नुका साथै प्रभावित स्थानीयस“ग भेटघाट गरेर अवस्थाका बारेमा जानकारी लिए।
बाढीले भत्किएका घर, विस्थापित परिवार र प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष देखेपछि सुदले नेपाल एक्लो नरहेको सन्देश दिएका छन्। उनले आप्mनो सुद च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहतस“गै प्रभावित परिवारको घर पुनर्निर्माण र नया“ सुरुवातका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्रिशूली नदी किनारबाट तस्बिर सार्वजनिक गर्दै उनले बाढीले अकल्पनीय क्षति पु¥याएको उल्लेख गरेका छन्। प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन आफूले सक्दो सहयोग गर्ने उनको भनाइ छ।
सुदले भारतबाट कम्बल, खाद्य सामग्रीलगायत राहत सामग्री लिएर नेपाल आएका हुन्। तत्काल आवश्यक राहतस“गै आगामी महिनामा पनि सहयोग जारी राख्ने उनले बताएका छन्। पउनले राहत शिविरमा रहेका परिवारको अवस्था निकै पीडादायी रहेको र आप्mनो टोलीले खाद्यान्न, स्वास्थ्य सहायता तथा आश्रयको व्यवस्थाका लागि काम गरिरहेको बताएका छन्।
भोटेकोशी बाढीका कारण नुवाकोटको त्रिशूली बजारसहित नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। दर्जनौं घर तथा पुलमा क्षति पुगेपछि प्रभावित परिवार विस्थापित भएका छन्।
यही संकटका बीच कलाकारहरूको सक्रियताले राहत वितरणस“गै पीडित परिवारको मनोबल बढाउने कामसमेत गरेको छ। तत्कालको राहत आवश्यकतास“गै दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता देखिएको अवस्थामा नेपाली कलाकारदेखि बलिउड कलाकारसम्म प्रभावित परिवारको साथमा उभिन थालेका छन्।












प्रतिक्रिया