कृति सेननको विज्ञापनमा विवाद

पर्वको परम्परागत स्वरूपमाथि प्रश्न


बलिउड अभिनेत्री कृति सेननको एउटा विज्ञापन सामाजिक सञ्जालमा विवादको विषय बनेको छ।गहना ब्रान्ड जीवाको फरएभर सिब्लिङ अभियानमा कृति अफ–ह्वाइट ब्रालेट शैलीको ब्लाउज, केप र ड्रेप गरिएको स्कर्टमा देखिएकी छन्। विज्ञापनमा उनले भाइसँग रक्षाबन्धन मनाउनुका साथै आप्mनो पाल्तु कुकुरलाई समेत राखी बा“धेको देखाइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कृतिको पहिरन उपयुक्त नभएको भन्दै आलोचना गरेका छन्। केहीले विज्ञापनले पर्वको परम्परागत स्वरूपलाई हल्का बनाएको आरोप लगाएका छन् भने कतिपयले पूजाको थाली र अन्य परम्परागत विधि नदेखाइएको विषयमा समेत प्रश्न उठाएका छन्।

तर कृतिको समर्थन गर्नेहरू पनि उत्तिकै देखिएका छन्। उनीहरूले विज्ञापनलाई आधुनिक ढंगले प्रस्तुत गरिएको जनाएका छन् र महिलाको पहिरनलाई लिएर अनावश्यक नैतिक निगरानी गरिएको टिप्पणी गरेका छन्। पाल्तु जनावरलाई परिवारको सदस्यका रूपमा प्रस्तुत गर्ने अभियानको अवधारणालाई पनि केही प्रयोगकर्ताले समर्थन गरेका छन्। कृति सेनन वा जीवा ब्रान्डले अहिलेसम्म विवादबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।