काठमाडौं ।
चीनतर्फको केरुङ नाका जोड्ने सडक बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
पानीका कारण अवरुद्ध सडकको अन्तिम खण्ड अस्थायी रूपमा खुलाइएपछि उद्धार सामग्री, उपकरण र भारी मेसिनरी प्रभावित क्षेत्रमा लैजान सहज भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सडक खुलाउने कार्य विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। सडक सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ।












प्रतिक्रिया