बाढी पीडितलाई सहयोग काठमाडौं गोर्खाजद्वारा १५ लाख प्रदान


काठमाडौं, (नेस) ।

भोटेकोशी बाढीबाट प्रभावितहरुको सहयोगार्थ नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज काठमाडौं गोर्खाजले १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गरेको जनाएको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारीको बाढीका कारण विभिन्न भागमा पुगेको क्षती प्रति गहिरो दुखः व्यक्त गर्दै काठमाडौं गोर्खाजले यस कठिन परिस्थितिमा प्रभावित समुदायहरु प्रति ऐक्यबद्धता जनाएको छ ।

केल्मी नेपालद्वारा १५ लाख जम्मा
खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको छ । यसैगरी केल्मी नेपालले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा ‘क्लोथ बैंक’ सञ्चालनमा ल्याउने पनि जनायो । केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेको अनुसार केल्मी नेपालले बाढी प्रभावितका लागि करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडासहित ‘क्लोथ बैंक’ सञ्चालन गर्ने भएको हो ।
क्यानको ३० लाख सहयोग
नेपाल क्रिकेट संघ (क्यान)ले रसुवा र नुवाकोटमा आएको अकल्पनीय बाढीका कारण भएको विनाशबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । साथै, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका निम्ति क्यान सदैव प्रतिबद्ध रहने जनाएको छ ।
भलिबल संघको ५ लाख जम्मा
नेपाल भलिबल संघ (एनभिए)ले रसुवाका बाढीपीडितका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । संघले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । रसुवामा आएको बाढीका कारण प्रभावित भएका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संघले सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।
नेपाल आईटीएफको १ लाख सहयोग
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले एक लाख रुपैयाँ भोटेकोशी क्षेत्रमा आएको बाढीबाट पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।