काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको ४७३औँ बैठकले चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी २०औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमा ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको छ। बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत उक्त लाभांशमा समावेश गरिएको बैंकले जनाएको छ।
लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रस्ताव वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।












प्रतिक्रिया