ख्यातिप्रँप्त अभिनेता राजेश हमालले अष्ट्रेलियामा आफ्ना फ्यानसगको भेटघाट तथा मिट एन्ड ग्रिट कार्यक्रमबाट संकलित २१ लाख रुपैया भोटेकोसी बाढी प्रभावितका लागि सहयोग गरेका छन्।
हमालले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिएका छन्। अष्ट्रेलियाको क्यानबेरामा सोमवार हमालसगको फ्यान भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। सोही कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितको सहयोगका लागि प्रदान गरिएको हो। हमालले अष्ट्रेलियामै आयोजना हुने आगामी कार्यक्रमबाट संकलन हुने रकमसमेत बाढीपीडितका लागि उपलब्ध गराउने घोषणा गरेका छन्।
आगामी ५ सेप्टेम्बरमा स्विट्जरल्यान्डको उत्तरी सहर जेनेभा र ९ सेप्टेम्बरमा ब्रिस्बेनमा हमालसगको भेटघाट कार्यक्रम आयोजना हुदैछ। ती कार्यक्रमबाट संकलन हुने रकमसमेत उनले कोषमा उपलब्ध गराउने जनाइएको छ।












प्रतिक्रिया