काठमाडौं ।
कान्स चलचित्र महोत्सवमा पुरस्कृत नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ विशेष च्यारिटी शो आयोजना गर्ने भएको छ।
फिल्मको च्यारिटी शोबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिने निर्माण पक्षले जनाएको छ। फिल्मका अन्तर्राष्ट्रिय सह–निर्माताहरूले समेत बाढीपीडितका लागि सहयोग जुटाउने जनाइएको छ।
अविनाशविक्रम शाह निर्देशित फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत भएको थियो। जंगली हात्तीको आतंकबाट प्रभावित अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने फिल्ममा गौरी मल्ल, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
।












प्रतिक्रिया