भुवन चैत्य वसुन्धरा फाउन्डेसनको पहलमा बाढीपीडितका लागि ३ लाख ४१ हजार सहयोग रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भुवन चैत्य वसुन्धरा फाउन्डेसनले ३ लाख ४१ हजार रुपैया“ सहयोग गरिएको छ।
फाउन्डेसनसँग आबद्ध पदाधिकारी,सदस्य तथा समाजसेवीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। फाउन्डेसनकी निर्वतमान अध्यक्ष भुुवन चन्द थापाबाट ५१ हजार, संस्थापक अध्यक्ष बसुन्धरा भुसालबाट ५१ हजार, कोषाध्यक्ष चेतनारायण भुसालबाट ५१ हजार, सदस्यहरु प्रकाश शर्मा र करुणा शर्मा दम्पतीबाट ५१ हजार, संरक्षक शैलेश भुसाल परिवारबाट २५ हजार, समाजसेवी ऐश्वर्य शर्मा महतबाट ७६ हजार, लि मिन्डेल पिल्सजीकबाट २० हजार र विजयलक्ष्मी थापाबाट ११ हजार तथा सदस्य अञ्जु रञ्जितबाट ५ हजार रुपियाँ गरी ३ लाख ४१ हजार रुपियाँ कोषमा जम्मा गरिएको हो। फाउन्डेसनले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गरेको जनाएको छ।












प्रतिक्रिया